काठमाडौं । तराईका बाढी प्रभावित १८ वटा जिल्लामा सरकारले औषधीसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरेको छ ।

केही दिनदेखि परेको अविरल बर्षाका कारण देशैभर ठूलो जनधनको क्षति भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बाढीपहिरोपछि टाइफाइड, आउँ, झाडापखाला जस्ता रोगको महामारी नफैलिओस् भनेर चिकित्सकको टोली बाढीबाट अति प्रभावित जिल्लाहरुमा पठाइएको जनाएको छ । टिममा विशेषज्ञ डाक्टरसहित ११ जना छन् ।

महाशाखाले पठाएको चार वटा र्‍यापिड रेस्पोन्स टिम जनकपुर, नेपालगञ्ज, रौतहट र विराटनगरमा विपद व्यवस्थापनका लागि परिचालित गरिएको छ । बाढीका कारण मानवीय क्षति थप नहोस् भन्नका लागि क्षेत्रीय निर्देशनालयहरुलाई समेत अलर्ट हुन निर्देशन दिइएको छ ।

हरेक ठाउँको जानकारी मन्त्रालय र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई भइरहेको महाशाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदा नबस्न र गोष्ठी सेमिनार जस्ता कार्यक्रम रोकेर बाढी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर