बाढी पीडितलाई सहयोग गर्न क्रान्तिकारी किसान संघको अपिल

बाढी पीडितलाई सहयोग गर्न क्रान्तिकारी किसान संघको अपिल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट किसान संगठन अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले देशैभरको बाढी पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न आग्रक गरेको छ ।

संगठनका संयोजक भूमिश्वर कंडेलले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट परेको दैवी विपत्ति प्रति दुःख प्रकट गर्दै पीडित किसान तथा आम जनताहरुमा हार्दिक सहानुभुति प्रकट गरेका छन् ।

उनले पीडितका लागि यथासक्य आर्थिक, भौतिक, नैतिकसहित सबै प्रकारका सहयोग तत्काल उपलब्ध गराइदिन संगठनको केन्द्रीय समिति, जिल्ला समिति तथा सबै शुभचिन्तक तथा सहयोगीहरुलाई आग्रह गरेका छन् ।

कंडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोबाट दैवी विपत्ति भइरहेको जनधनको क्षति प्रति दुःख प्रकट गर्दै पीडित किसानहरु तथा जनसमुदायप्रति हार्दिक सहानुभूति प्रकट गर्दै हाम्रो संगठनका तर्फबाट यथासक्य आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग, यथासिघ्र गरिदिनुहुन केन्द्रीय समिति र जिल्ला समितिका साथीहरु तथा शुभचिन्तक महानुभावहरुमा आव्हान गर्दछु ।’