काठमाडौं । विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले बिहीबारदेखि त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।
आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका थिए ।
आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालयका सबै ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको जनाएका छन् ।
माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले आंशिक प्राध्यापकहरुले गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । माग पूरा गराउन त्रिवि कीर्तिपुरको गेट अगाडि अनसन सुरु गरेको १८ दिन पुगिसकेको छ ।