काठमाडौं । पछिल्लो समय शैक्षिक माफिया तथा व्यापारीका विरुद्ध आक्रामक बन्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्ना माग पूरा गराउन सात दिने अल्टिमेटम दिएको छ । अखिल (क्रािन्तकारी)को काठमाडौं जिल्ला समितिले निजी विद्यालय र कलेजहरूले शूल्कको नाममा ब्रह्मलुट मच्चाएको भन्दै त्यस्ता स्कुल कलेजहरूलाई छानविन गरी तत्कालै कारवाही गर्न भन्दै काठमाडौं जिशिका, हिसान, प्याप्सन र एनप्याप्सनलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । संगठनका जिल्ला संयोजक महेश श्रेष्ठको नेतृत्वमा गएको क्रान्तिकारी विध्यार्थीहरुको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।
संगठनले विना आधार बढाइएको शूल्क खारेज गरी सबै सैक्षिक संस्थाहरूमा समान शूल्क हुनुपर्ने, सामुदायिक शिक्षाको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने, ऐनअनुसार छात्रवृत्ति नदिएका र सरकारी मान्यता विपरित पाठ्यक्रम पढाउने शिक्षणा संस्थाहरूलाई कारबाही गर्नुपर्ने, पाठ्यक्रममा एकरूपता ल्याउनुपर्ने, पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार पार्नुपर्ने लगायतका मागहरू राखेको छ ।
यस्तो छ, बुझाइएको ज्ञापन पत्रको पूर्णपाठ
स्वधीन, आत्मनिर्भर, शुसाशन तथा सार्वभौम देश बन्नका लागि यो मुलुकले आजसम्म जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिको सामना गर्नुप¥यो । पटक पटकको सबै आन्दोलनहरु परिवर्तनका लागि थियो । परिवर्तनका निम्ति नेपाली जनताले प्राणको कुनै प्रवाह नगरी बलिदानको बाटो समेत हिड्न पुग्यो कि आजसम्म हजारौं महान् शहिदहरुको रगतले यो भूमि सिञ्चिएको यथार्थ हामी सामु ताजै हुँदा महान् आन्दोलनका उपलब्धिलाई आम जनताको हितमा संस्थागत गर्दै लैजानुको सट्टा आन्दोलनको नेतृत्व गर्ने व्यक्ति तथा पार्टीहरु आफु र आफ्नो पार्टीको हित भन्दा कदापी माथि उठ्न नसकी उपभोगवादी र भ्रष्टीकरणको दिशामा उन्मुख भइदिनाले मुलुकले वास्तविक काँचुली फेर्न सकेन बरु मुलुक अस्तव्यस्तताको विकराल अवस्थामा अपस्थित हुन पुगेकोले राज्यको सबै क्षेत्रमा समस्याको पहाड बन्न पुगेको छ । झनै शिक्षा जस्तो राज्यको संवेदनशिल क्षेत्रमा समस्याले सीमा नाघेको छ । नियम कानुनलाई एकातिर थन्काएर संचालकहरुले मनोमानी ढंगले चलाएका छन् । शुल्कको नाममा ब्रम्हलुट मच्चाएका छन् । शिक्षा सेवा भन्दा पनि व्यापार र उद्योगमा परिणत गरेका छन् । नियन्त्रण गर्ने निकायहरु कानमा तेल हालेर निधाएको अभिनय गरेका छन् । तसर्थ, शिक्षा जगतमा विभिन्न खाले दाइँ बरदो टुलुटुलु हेरेर नबस्ने निधोका साथ शिक्षा क्षेत्रका अनेकखाले समस्या उठान गर्दै शैक्षिक माफियाहरुको विरुद्ध अविचलित लड्ने संकल्प गरेका छौं ।
हाम्रा मागहरु :
शुल्क सम्बन्धी :
क) भारी मात्रामा विना आधार बढाइएको शुल्क तत्काल खारेज गरियोस्÷नबढायोस् ।
ख) सम्बन्धित उपल्लो निकायले तोकिदिएको शुल्क लागु गरी सो भन्दा बढी शुल्क लिएको शिक्षण संस्थालाई तत्काल कारवाहीको वातावरण बनाइयोस् ।
ग) वार्षिक शुल्कको नाममा लिइने अत्याधिक शुल्क तत्काल खारेज गरियोस् ।
घ) जुन शिर्षकमा शुल्क लिएको हो सोही शिर्षकमा उक्त रकम खर्च गरी छुट्टाछुट्टै आर्थिक फाँटबारी तय गरियोस् ।
ङ) विभिन्न वहानामा लिइने गरेको फाइन शुल्क तत्काल बन्द गरियोस् ।
च) सबै शिक्षण संस्थामा समान शुल्क कायम गरियोस् ।
छ) शिक्षा आम नागरिकको मौलिक र नैसर्गिक अधिकार भएकोले सहज ढंगले पठन–पाठनको वातावरण सृजना गर्नको लागि सर्वसुलभ, बैज्ञानिक तथा दिर्घकालिन समस्या हल हुने गरी शुल्क निर्धारण गरियोस् ।
ज) सामुदायिक विद्यालयमा लिइने शुल्क तत्काल खारेज गरियोस् । स्तरोन्नतीको लागि जोड दिइयोस् । छात्रवृत्ति सम्बन्धीक) जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनका शहीद, वेपत्ता, घाइते, अपाङ्गता तथा महाभूकम्पमा परी अभिभावक गुमाएको परिवार साथै गरीब, दलित, जनजाती, मधेशी, छात्रा र दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्था गरियोस् ।
ख) ऐन अनुसार छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराई शुल्क लिइएका शिक्षण संस्थालाई कारवाहीको वातावरण सृजना गरियोस् ।
ग) कक्षामा उत्कृष्ट छात्र÷छात्रालाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरियोस् ।
परीक्षा, भर्ना, पाठ्यक्रम र मापदण्ड सम्बन्धी :
क) निजी शिक्षण संस्थाको छाता संगठनले नियम विपरित परीक्षा लिई शुल्कको नाममा आर्थिक चलखेल गरिएको हुँदा तत्काल बन्द गरियोस् ।
ख) निजी शिक्षण संस्थामा पाठ्यक्रम एकरुपतामा ल्याउनका लागि तत्काल थालनी गरियोस् ।
ग) सरकारी मान्यता विपरित पाठ्यक्रम पढाउने विद्यालयहरुलाई तत्काल कारवाही गरियोस् ।
घ) भर्नामा एकरुपता कायम गरियोस् ।
ङ) परीक्षाफल प्रकाशित अगावै भर्ना गर्ने प्रकृया तत्काल बन्द गरियोस् ।
च) सबै शिक्षण संस्थामा समानता कायम हुनेगरी अवैज्ञानिक, अराष्ट्रिय र उत्पादनसँग नजोडिएका पाठ्यक्रमहरुलाई खारेज गर्दै उत्पादनमूलक र बहु प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी समान पाठ्यक्रम लागु गराउन थालनी÷पहल गरियोस् ।
छ) पाठ्यक्रम अनुसार प्रश्न पत्र तयार गर्न गराउन व्यवस्था गरियोस् ।
विविध :
क) निजी शिक्षण संस्था विकासको सहयोगीको रुपमा विद्यार्थीहरु संगठीत हुन सक्ने गरी विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्माणका लागि आवश्यक ऐन, कानुन, नियम व्यवस्था गर्दै चुनावको घोषणा गरियोस् ।
ख) कुनै पनि पाठ्यपुस्तक, कापी लगायतका सामग्री शिक्षण संस्था हाताभित्रबाट बेचविखन गर्न तत्काल रोक लगाइयोस् ।
ग) विद्यार्थीको आवश्यकता र अनुपात अनुसार सुविधा सम्पन्न तथा सर्वसुलभ छात्रावास साथै ४५% छुट सहित यातायातको व्यवस्था गरियोस्।
घ) विषय विज्ञ पूर्णकालिन प्रोफेसर तथा शिक्षकको व्यवस्था गरियोस् ।
ङ) प्राविधिक शैक्षिक भ्रमण ज्ञानमूलक तथा बौद्धिक कार्यक्रम, दृष्टि, एक्सपो, आकृति लगायतका रचनात्मक कृयाकलापको व्यवस्था गरियोस् ।
च) कलेज हाता भित्र सुविधा जनक ल्याव पुस्तकालय निर्माणका लागि मेसिन, किताव लगायतका अपुग उपकरणहरु थप गरियोस् ।
छ) संस्थागत विद्यालयहरुले ‘संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका, २०६९’ अक्षरस कार्यान्वयन गरियोस् ।
ज) प्राथमिक स्वास्थ्य उपचार, सुविधा सम्पन्न खेल मैदान तथा स्वच्छ पिउनेपानी लगायतका व्यवस्था गरियोस् ।
झ) विदेशी नाम राखी विद्यार्थी र अभिभावकलाई भ्रमित पार्ने शैक्षिक संस्थाहरुको नाम तत्काल खारेज गरियोस् ।
ञ) हाम्रो संगठन अखिल (क्रान्तिकारी) र शिक्षा सरोकार पक्षीय निकायसँग विगतमा भएको सम्पूर्ण सम्झौता अक्षरस लागु गरियोस् ।
हाम्रा उल्लेखित न्यायिक तथा विद्यार्थीहरूका जायज मागहरु ७ दिन भित्र पुरा गर्न÷गराउन हाम्रो संगठन सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौं । यदि बेवास्ता र आलटाल गरिए तपशिलका संघर्षका माध्यमबाट पुरा गराउन बाध्य हुनेछौं । जसको जवाफदेहिता सम्बन्धित निकाय नै हुने पनि जानकारी गराउँदछौं ।
हाम्रा सङ्घर्षका कार्यक्रम :
सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने ।
प्रचार—प्रसारका कार्यक्रम
अन्तकृयात्मक कार्यक्रम
बिद्यार्थी÷अभिभावक भेला÷छलफल÷भेटघाट
तालाबन्दीका कार्यक्रमहरु
कालो झण्डा सहित घेराउ÷कोणसभाहरु
रु १÷— शैक्षिक चन्दा सङ्कलन र वितरण
प्रतिरोधात्मक सङ्घर्ष
सामाजिक बहिस्कार
अन्तमा, सम्पूर्ण मुक्तिकामी विद्यार्थी÷अभिभावक÷शिक्षक तथा सरोकार सबै पक्षमा यो आन्दोलनलाई साथ र सहयोग गर्दै सरिक भइदिनु हुन हार्दिक अपील गर्दछौं । क्रान्तिकारी अभिवादन सहित !
बोधार्थ ः
शिक्षा मन्त्रालय शिक्षण संस्थाको सम्बन्धित उपल्लो निकायहरु शिक्षण संस्थाको छाता सङ्गठनहरु
………
महेश श्रेष्ठ
संयोजक
अखिल (क्रान्तिकारी)
काठमाडौं जिल्ला समिति































