काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाडौंको सोमबार सम्पन्न विस्तारित बैठकले जिल्लामा रहेका विभिन्न पेशागत जिल्ला समिति तथा घटकहरुको भेला बैठक सम्पन्न गरी आगामी कात्तिक मसान्त सम्मा जिल्ला महासंघको सम्मेलन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले जिल्ला महासंघ मातहत रहेका विभिन्न पेशागत घटकहरुको संयोजकहरु समेत अनुमोदन गरेको छ । जसमा होटल संयोजक दिनेश गौतम, निर्माण संयोजकमा नन्दीराज रुचाल, पर्यटन संयोजक बालकुमार सुनुवार, सेक्युरिटी संयोजकमा रनसुर महतरा, अटो संयोजकमा बैकुण्ठ घिमिरे, यातायात संयोजकमा जितबहादुर राई, उद्योग संयोजकमा बुद्ध घले आदि रहेका छन् ।
क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज सुरेश श्रेष्ठ, संयोजक शारदा महत, फ्र्याक्सन इन्चार्ज भरत बुर्जामगर, कार्यालय सदस्य खगेन्द्र छन्त्याल समेतको उपस्थितिमा बसेको बैठकमा महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना तथा कार्यालय सदस्य बद्री चापागाईंको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता एवम् संचालन जिल्ला महासंघका संयोजक उद्धव गुरुङले गरेका थिए ।