जनकपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा मधेस र पहाडका जनतालाई लडाएर राष्ट्रवादको नारा दिएको आरोप लगाएका छन् ।
धनुषको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा देउवाले एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताए ।
उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने दाबी गरे ।
एमालेलाई मधेसी जनताले पहिचान गरिसकेकाले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी सिट जित्ने उनको भनाइ थियो ।