पहिरोले पुरिएर बाग्लुङमा एकै परिवारका चारसहित ५ जनाको मृत्यु

पहिरोले पुरिएर बाग्लुङमा एकै परिवारका चारसहित ५ जनाको मृत्यु

फार्इल तस्बीर

काठमाडौं । बाग्लुङमा पहिरोमा परी एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएकर एक जना वृद्धा वेपत्ता भएको बताएको छ ।

अविरल वर्षापछि निशीखोला–२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल रहेका छन् भने निशीखोला–१ हुल्दीमा गएको पहिरोमा परी एक ७० वर्षकी खगिसरा सिंजाली वेपत्ता भएकी छन् ।

यस्तै ढोरपाटन नगरपालिका–५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर करिव ५५ वर्षीय ओमप्रकाश कामीको मृत्यु भएको हो । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् । पहिरोले आधा दर्जन घरमा क्षति पुगेको छ ।