ओबामा केयर रद्द गर्ने विधेयक खारेज गर्ने ट्रम्पको योजना तुहियो

ओबामा केयर रद्द गर्ने विधेयक खारेज गर्ने ट्रम्पको योजना तुहियो

एजेन्सी– अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ओबामा केयरको नामबाट चर्चित ‘अफोर्डेबल हेल्थ केयर’ लाई निस्तेज पार्ने सम्बन्धि विधेयक खारेज गरिदिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा केयरको लगातार विरोध गर्दै आएका छन् ।

ओबामा केयरको स्थानमा दुई वर्षमा नयाँ विधेयक ल्याउने प्रस्तावसहितको विधेयक रिपब्लिकन नेताको बहुमत रहेको सिनेटले असफल बनाइदिएको हो ।

विधेयकको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ५५ मत खसेको थियो । यसअघि सदनले मंगलबार स्वास्थ्य सेवा कार्यक्रमलाई हटाउनेबारे बहर सुरु गर्नका लागि मतदान गरेको थियो ।

सो कार्यक्रममाथि २३ मार्च २०१० मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।

ओबामा केयरका अनुसार करिब २ करोड अमेरिकी जनताले स्वास्थ्य सेवा पाइरहेका थिए । तर रिपब्लिकन नेताहरुले यसलाई संघीय सरकारमाथिको अनावश्यक हस्तक्षेप भएको आरोप लगाउँदै आएका छन् । उनीहरुले यसमा प्रिमियम धेरै भएको विरामीसँग कम विकल्प भएको उनीहरुको भनाई छ ।