बदला लिन बलात्कारको आदेश दिने २५ जनाविरुद्ध मुद्दा दायर, २० जना पक्राउ

बदला लिन बलात्कारको आदेश दिने २५ जनाविरुद्ध मुद्दा दायर, २० जना पक्राउ

मुल्तानको मुज्जफराबादको घर, जहाँ किशोरीमाथि बलात्कार भएको थियो ।

एजेन्सी– पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा करिब २० जना पक्राउ परेका छन् ।

किशोरीका भाईमाथि एक बालिका बलात्कारको आरोप लागेपछि त्यसको बदलामा ति किशोरीलाई पनि बलात्कार गर्न आदेश दिनेलाई पक्राउ गरिएको हो ।

प्रहरीले पीडित युवतीका परिवार आपसमा समेत नातेदार भएको बताएको छ । दुवै परिवार मिलेर यस्तो आदेश दिएको बताइएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार प्रहरी अधिकारी अल्लाह बख्शले भने, ‘जिरगा (गाउँको पञ्चायत) ले सजायका रुपमा १६ वर्षीय किशोरीको बलात्कार गर्ने आदेश दिइएको थियो किनकी ति युवतीका भाईले १२ वर्षीय अर्की बालिकालाई बलात्कार गरेका थिए ।’

अधिकारीका अनुसार एक व्यक्तिले यसै महिनामा ति किशोरीका भाईले आफ्नी १२ वर्षीय बहिनीमाथि बलात्कार गरेको भन्दै न्यायका लागि जिरगामा उजुरी गरेका थिए ।

यसको सजायको रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तकी दिदीलाई पनि बलात्कार गर्न आदेश दिएको थियो । प्रहरीले यो आदेशबाट ति किशोरीमाथि समेत बलात्कार भएको थियो ।

पाकिस्तानको अखबार ‘डान’ का अनुसार किशोरीलाई मानिसहरुका सामु उपस्थित हुन आदेश दिन भनियो र त्यसपछि उनका आमा–बाबु र अन्य सबै मानिसका अघि बलात्कार गरियो ।

दुवै किशोरीले पछि यस विषयमा प्रहरीमा उजुरी गरेपछि गरिएको मेडिकल परीक्षणमा उनीहरुमाथि बलात्कार भएको पुष्टि भएको थियो ।

एक अधिकारीले पहिलो बालिकाको उमेर १२ देखि १४ वर्ष बिचको रहेको छ भने अर्की किशोरीको उमेर १६ देखि १७ वर्ष बिचको रहेको छ । प्रहरीले २५ जना विरुद्ध मुद्धा दर्ता गराएको छ ।

पहिलो बालिकाको बलात्कारका आरोपी भने फरार रहेका छन् । केही रिपोर्टमा बलात्कारको आदेश नै जिरगाले दिएको बताइएको छ भने केही रिपोर्टमा दुवै परिवारले यस्तो सजाय दिएको उल्लेख छ ।

पाकिस्तानका ग्रामीण इलाकामा आपसी विवाद मिलाउनका लागि गाउँकै बुढापाकाको पञ्चायत बनाउने चलन छ । यद्यपि यो पञ्चायत गैरकानुनी हो र गत वर्ष पनि ‘अनर किलिङ’ र बदलाका लागि बलात्कारको सजाय दिएकोमा कडा आलोचना भएको थियो ।

सन् २००२ मा एक जिरगाले २८ वर्षकी मुख्तार माईमाथि सामूहिक बलात्कारको सजाय सुनाएको थियो । मुख्तार माईका १२ वर्षका भाईमाथि बढी उमेरकी एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको थियो ।

मुख्तारले बलात्कारीका विरुद्ध अदालतमा मुद्दा हालेकी थिइन् । पाकिस्तानमा बलात्कार पीडितलाई भेदभावका नजरले हेर्ने भएकाले मुख्तार माईको यस कदमलाई साहको प्रतिकको रुपमा मानिएको थियो । उनी हाल पाकिस्तानकी महिला अधिकारकर्मीका रुपमा चर्चित छन् ।