लन्डन । ब्रिटिस खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् ।

हालेप विरुद्धको खेलमा कोन्टा ६–७, ७–६ र ६–४ को सेटमा विजयी भइन् । जितसँगै कोन्टा पछिल्लो ३९ वर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिस महिला भएकी छन् ।

कोन्टाले अब सेमिफाइनलमा अमेरिकी खेलाडी भेनस विलियम्सको सामना गर्नेछिन् ।

क्वाटरफाइनलमा लात्भियाकी एलिना ओस्तापेन्कोलाई ६–३ र ७–५ को सोझो सेटमा हराउँदै भेनस सेमिफाइनलमा पुगेकी हुन् ।

महिला एकलतर्फको दोस्रो सेमिफाइनलमा स्पेनकी गार्बिने मुगुरुजा र स्लोभाकियाकी रिबारीकोभा भिड्नेछन् ।

उता पुरुष एकलतर्फको खेलमा फ्रान्सका एड्रियान मानारिनोलाई ६–२, ७–६ र ६–४ ले हराउँदै सर्वियन खेलाडी नोभाक जोकोभिच क्वाटरफाईनलमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर