अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा, ट्रम्पकै छोराको ईमेल सार्वजनिक

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा, ट्रम्पकै छोराको ईमेल सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसलाई पठाएको गोप्य इमेल सार्वजनिक भएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे चर्को विवाद चलिरहेका बेला ट्रम्पका छोराले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् ।

जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका छन् । यसअघि भने उनले राष्ट्रपतीय निर्वाचनमा रुसको भूमिकाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए ।

जुनियर ट्रम्प र रुसी वकिलबीच ट्रम्प टावरमा क्लिन्टनको चुनावी अभियानलाई असर पु¥याउने सामग्रीका विषयमा भेटवार्ता भएको पनि सार्वजनिक भइसकेको छ ।

यता, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो जेठो छोराले इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् ।

ईमेलमा राष्ट्रपतीय निर्वाचनमा रुसले सहयोग गरेको विषयलाई स्वागत गरिएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा एफबीआई र अमेरिकी कंग्रेसले अनुसन्धान गरिरहेको छ ।