एजेन्सी । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिपीको ग्रामीण क्षेत्रमा विमान दुर्घटना भएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
केसी–१३० विमान दुर्घटना भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि सो विमान प्रयोग हुने गर्दथ्यो ।
दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको देखिन्छ ।































