बसले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु

बसले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट दुई जना पैदन यात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नम्बरको बसले शनिबार बिहान करिब ४ बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा उनीहरुलाई ठक्कर दिएको थियो ।

बसेको ठक्करबाट राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोप्चन गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।