
चितवन । मुग्लिन–नारायणगढ सडकखन्ड आगामी असार २५ गतेदेखि रातिको समयमा बन्द हुने गरिने भएको छ ।
भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सो सडकमा सवारी–साधन चल्न नदिने निर्णय गरेको हो ।
अब नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी–साधनहरु साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिनेछन् ।
यस्तै, मुग्लिनबाट भरतपुरतर्फ जाने सवारी–साधनहरु पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिनेछ ।
सडक विस्तारको क्रम चलिरहेको सो सडकमा वर्षासँगै दुर्घटनाका घटना बढेकाले सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ । आवत–जावत बन्द गरेर सडक निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने तयारी गरिएको हो ।