बिजयभित्रको पराजय

बिजयभित्रको पराजय

नेपालका कम्युनिष्टहरु जसले नेपाली सर्वहारावर्गीय क्रान्तिको लागि माक्र्सवाद–लेनीनवाद–माओवाद(विचारधारा)लाई क्रान्तिका लागि सही मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन्, उनीहरुले दुइटा मूल पक्षमा जोड दिएको पाइन्छः पहिलो– संसदीय प्रणाली माक्र्सवादी दृष्टिकोणमा अन्ततः लोकतान्त्रिक प्रणाली होइन्, त्यसअन्तर्गत हुने(गरिने) नीर्वाचनको परिणामले जनमतको वास्तविक प्रतिनिधित्व गर्दैन्, संसदीय प्रणालीअन्तर्गत जनताका समस्या समाधान हुन सक्दैन् । दोस्रो– नेपालजस्तो देशका लागि यसको विद्यमान अर्धऔपनिवेशिक(नवऔपनिवेशिक) र अर्धसामन्ती व्यवस्थाको अन्त्यद्धारा स्थापित जनवादी गणतन्त्रात्मक शासनव्यवस्थाको स्थापना अनिवार्य छ, जो जनताको शसस्त्र विद्रोहबाट मात्रै सम्भव छ । जनताको शसस्त्र विद्रोह दृघकालिन जनयुद्धका तीन जादुगरी हथियार–पार्टी, मोर्चा र जनसेनाले सर्वहारावर्गको पार्टी सुसज्जित हुनै पर्दछ ।

नेपालकै र संसारभरका संसदीय प्रणाली अपनाएका देशहरुका अनुभवबाट यो स्पष्ट छ–संसदीय व्यवस्था सही अर्थमा एउटा लोकतान्त्रिक प्रणाली होइन् र यसद्धारा जनताका समस्या समाधान हुनै सक्दैन् । त्यसकारण माक्र्सवादी–लेनीनवादी–माओवादी पार्टीको लागि संसदीय निर्वाचनको बहिष्कार वा उपयोगद्धारा उक्त संसदीय प्रणालीको भण्डाफोर गर्ने र त्यसरी जनताको चेतना उठाएर नयॉ जनवादी क्रान्ति तथा दीर्घकालिन ससस्त्र संघर्षको लागि आधार तयार पार्ने नीति नै सही हो । ती पार्टीहरुले केमा दृढ विश्वास राख्नै पर्छ भने कुनै शान्तिपूर्ण, संसदीय वा सुधारवादी तरिकाद्धारा विद्यमान प्रतिक्रियावादी संसदीय प्रणालीलाई समाप्त पारेर त्यसका ठाउ‘मा एउटा सही प्रजातान्त्रिक पद्धतिको स्थापना हुन सक्दैन्, जसको लागि एउटा क्रान्तिकारी पार्टीले भूमिगत र खुला दुवैखाले संगठन र संघर्षको तयारीमा जोड दिनु आवश्यक छ । सशस्त्र संघर्षका लागि भूमिगत तयारी र जनसंघर्षका लागि खुला तयारी । आखिरमा भूमिगत र खुला जे भनेता पनि जनताको विश्वास, उनीहरुको चेतना र संघर्षको स्तर, पार्टी तथा जनवर्गीय संगठन वा शक्तिको निर्माण अनिवार्य तत्वहरु हुन् ।

संसदीय प्रणाली किन प्रजातान्त्रिक हु‘दैन् ? संसदीय प्रणाली पु‘जीपति वर्गका लागि स्वर्ग हो भने गरीब किसान, मजदुरआदिको लागि नर्क हो । किनभने यो धनीमानी तथा पु‘जीपतिहरुको व्यवस्था हो । । यसमा बोल्न पाइन्छ तर खान मिल्दैन् । बोल्न पाइने तर खान नपाइने, यस्तो व्यवस्थाको नीर्वाचन गराउने सत्ता भनेको खान पाउनेहरुको सत्ता हो र उनीहरुले आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रहरी आतंक, धांधली, गुण्डागर्दी, बुथ क्याप्चर, पैसा, आचार संहीता उलंघनआदिद्धारा सत्ताको काफी दुरपयोग गर्ने गर्दछन् । यसो गरेबापत पु‘जीपति वर्गका उम्मेदवारलाई केही पनि हु‘दैन् र कसैले पनि छु‘दैन् । आनन्दसित नीर्वाचन जित्दछन् र सरकार बनाउछन् । किनभने माथि उल्लेखित काम भनेको एउटा संसदीय व्यवस्थाको नीवाचनभित्रका आवश्यक चरित्रभित्र पर्दछन् । नेपालका अहिलेसम्मका भए गरिएका सबै नीर्वाचनमा उल्लेखित कुरा भएका छन् ।

त्यस्तो पृष्ठभूमिविरुद्ध संसदीय प्रणालीको भण्डाफोरलाई तीब्रता दिने काम कम्युनिष्ट क्रान्तिकारीहरुको हो । यहॉ क्रान्तिकारी कम्युनिष्टहरु भन्नाले माक्र्सवाद–लेनीनवाद–माओवादलाई सर्वहारा क्रान्तिको लागि मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीहरु हुन् । वर्तमान समयमा यो वर्गमा नेपालका तीनवटा कम्युनिष्ट पार्टीहरु– नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(विप्लव समुह) र नेकपा(मसाल) पर्दछन् । केही समय पहिले यी तीनवटाबीच राष्ट्रियता र जनताका जनजीवीकाका सवालमा आन्दोलनको लागि कार्यगत एकता पनि भएको थियो । तर अहिलेको स्थानीय नीर्वाचनमा यिनीहरुले त्यसको आवश्यकता ठानेनन् र एक्लाएक्लै नीर्वाचन जाने नीति तय गरे, जसअनुसार नेकपा(क्रान्तिकारी माओवादी) उपयोग , नेकपा(विप्लव समुह)ले बहिष्कार र नेकपा(मसाल)ले भागआदिद्धारा नीर्वाचनमा संलग्न भएका छन् । तर अचम्म त के भएको छ भने नेकपा(विप्लव समुह)ले र नेकपा(मसाल)ले सिद्धान्त, विचार र राजनीति विपरित क्रमसः रोल्पाको थवाङ र प्युठानको माण्डवीमा नेपाली कांग्रेससित चुनावी गठवन्धन गर्न पुगेका छन् ।

सिद्धान्ततः नेकपा(मसाल)का महामन्त्री मोहनविक्रमले पनि नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(विप्लव समुह)ले जस्तै एउटा माक्र्सवादी–लेनीनवादी–माओवादी पार्टीले संसदीय निर्वाचनमा भाग लिनु हु‘दैन् र बढिमा त्यसको उपयोगसम्म हो भन्ने मान्यता राख्छन् तर व्यवहारमा उनले २०४९सालदेखि एमालेले जस्तै हरेक नीर्वाचनमा भाग लिंदै आएका छन् । तै पनि विगतमा वामपन्थी तथा देशभक्तहरुवाहेक अरु प्रतिक्रियावादी र दलालसित एकता गर्न हु‘दैन् भन्ने मान्यता राख्दै आएका थिए । नेपाली कांग्रेस उनको दृष्टिकोणमा नेपालमा प्रतिक्रियावादी र दलालहरुको प्रतिनिधित्व गर्ने एउटा राजनीतिक दल थियो । नेपालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको लागि प्रस्ताव गर्ने पुष्पलाललाई त्यसैका आधारमा नेपाली कांग्रेसको पुच्छर र गद्दार समेत भनेका तिनै मोहनविक्रमले अहिले प्युठानको माण्डवी गाउपालिका जित्नका लागि नेपाली कांग्रेससित चुनावी गठबन्धन गरेका छन् । यसलाई सही ठहराउ‘दै उनी भन्दछन् ‘गाउ‘ तहमा विकासको नेतृत्वगर्न चुनाव जित्नै पर्ने भएको हो ।’ यसमा थप्दै उनी भन्दछन् , ‘एउटा वडा जित्न सक्ने खालको छ भने पनि त्यहॉ केन्द्रीय नेताहरु खटेर लाग्ने गरेका छौ । जसरी पनि चुनाव जित्नै पर्ने छ ।’ चुनावसम्वन्धी उनको उनकै पुरानो शब्दमा यहि गैरमाक्र्सवादी चीन्तनकै कारण उनले आफै भन्दै आएको प्रतिक्रियावादी तथा दालाल राजनीतिक दल नेपाली कांग्रेससित गठवन्धन गर्ने महान् गल्ती गरेका छन् । यसरी ८३ वर्षसम्म उनले जोगाएको सैद्धान्तिक धरातलबाट स्खलित हुन पुगेको छ । लामो समयदेखि संसदमा नेपाली कांग्रेस र एमालेसित सहकार्य गर्दै आएका मोहनविक्रमका लागि सिद्धान्त, विचार र राजनीतिभन्दा स्थानीय स्तरको सहकार्यले महत्व राख्न थाल्यो । सर्वहारा वर्गीय क्रान्ति केबल ओंठमा मात्रै रहन गयो । मोहनविक्रम मात्रै कहॉ हो र, संसदीय नीर्वाचन खारेजीको लागि बहिष्कार गर्दै आएको नेकपा(विप्लव समुह)ले पनि थवाङमा माओवादी केन्द्रलाई हराउने नीतिअन्तरगत हिजको वर्गदुश्मनको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससित गठवन्धन गर्ने महान् गल्ती गरेको छ ।

यसरी एउटा प्रतिक्रियावादी तथा दलालवर्गसित जो नेपालमा नयॉ जनावादी क्रान्तिको लागि दुश्मन शक्ति हो, त्यसकै लागि जनतामा भोट माग्दै हिंडेपछि अब जनताको नजरमा क्रान्ति कोसित र कस विरुद्ध, अन्योलमा पर्न गएको छ । नेकपा(क्रान्तिकारी माओवादी)ले निर्वाचनका लागि कम्तीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेसित स्थानीय स्तरमा चुनावी तालमेल नगर्ने नीति बनाएर मोहनविक्रम र विप्लवको समस्यादेखि मुक्त देखाउन सफल भएको छ । तर जुनस्तरमा र उचाइमा भण्डाफोर गरिनुपथ्र्यो, त्यसमा त्यो पनि विभिन्न कारणवस चुकेको पाइएको छ ।

गाउ‘पालिका र नगरपालिकामा प्राप्त ठूलो रकममाथिको आंखाले गर्दा मोहनविक्रममा सिद्धान्त र क्रान्तिप्रति रतअन्धो लाग्न पुग्यो भने प्रचण्डप्रतिको निरपेक्ष विरोधका कारण नेकपा(विप्लव समुह)ले पनि वर्गीय दुश्मनसित हातेमाले गर्न पुग्यो । स्थानीय नीर्वाचन जसरी पनि जित्ने नाममा वर्ग दुश्मनको प्रतिनीधित्व गर्ने राजनीतिक दलसित तालमेल गर्न पुगेका कम्युनिष्टहरु नीर्वाचनपछि कसरी जनताका र कार्यकर्ताका बीचमा प्रस्तुत हुने हुन् ? केही समय पखैनै पर्ने भएको छ ।

संसदीय प्रणालीको भण्डाफोर गर्ने र त्यसरी जनताको चेतना उठाएर नयॉ जनवादी क्रान्ति तथा दीघकालिन ससस्त्र संघर्षका लागि आधार तयार पार्ने नीति कार्यान्वयन गर्ने कि त नीर्वाचन बहिष्कार हो वा उपयोग । सही कम्युनिष्टको लागि स्थानीय नीर्वाचनमा भाग लिएर यो काम गर्न सम्भव नै छैन् । स्थानीय विकासबाट क्रान्तिको सपना कत्तिको पुरा हुन्छ ? त्यो आठदशक पार गरेका जेठा कम्युनिष्ट नेता मोहनविक्रम आखिरमा रुख चिन्हमा भोट माग्दै प्युठानमा जोश र जागरका साथमा चुनावमा खटीरहेको देख्दा प्युठानी कम्युनिष्टहरुको शिर कति निहुरिएको होला ? वर्गदुश्मन भन्दै जनयुद्धमा जीवनमरणको लडाई लडेका थवाङी माओवादीहरु अहिले त्यही पार्टीका उम्मेदवारका लागि थवाङमा रुख चिन्हमा भोट माग्दैछन् ।

नेकपा विप्लव समूहले थवाङमा नेपाली कांग्रेससित तालमेल गरेर नीर्वाचनमा भाग लिंदा वा नेकपा(मसाल)ले प्यूठानमा नेकासित तालमेल गरेर भाग लिएको उनीहरुले भन्ने गरेको सिद्धान्त, विचार र कार्यदिशा सबै हिसावले गलत छ । जसरी पनि नीर्वाचन जित्ने नीति भनेको पूर्णत प्रतिक्रियावादी नीति हो र यसले अन्ततः गाउपालिका वा नगरपालिकामा पदीय हिसावले जित त होला, तर सर्वहारा वर्गको हार नै हो । मोहनविक्रम र विप्लवले रुख चिन्हमा मत माग्दै हिंडने भनेको प्युठानी र थवाङी क्रान्तिकारी कम्युनिष्टहरुको हार हो । सारमा यो ती पार्टीभित्रका क्रान्तिकारीहरुका लागि बिजयभित्रको एउटा पराजय हो । कांग्रेससित मिलेर स्थानीय नीर्वाचनमा कम्युनिष्टहरुले विजय मात्रै नगर्लान, मोहनजीले भनेझै विकासको नेतृत्वगरेर गाउलाई विकासमा आकाशतीर लैजालान, तर कम्युनिष्टको हसियां–हथौडा झण्डा झन–झन जमिनतर्फ विलाउ‘दै जाने छ । माओले चीनको अनुभवमा भनेझै हामीले विकास गरेर आकाशमा रकेट त प्रक्षेपण ग¥यौ तर हाम्रो रातो झण्डा झन–झन जमिनतर्फ लतारि‘दै गएको छ । यहि प्यूठान र थवाङवारे पनि सत्य हो ।

hukumsingh2012@yahoo.com