माक्र्सवादी शिक्षाको कुरा गर्दा जहिले पनि तीन स्रोत र तीन संघटक अंगको बारेमा स्पष्ट हुनुपर्छ । जर्मन दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवाद तीन स्रोत र द्वन्द्वात्मक भौतिकवाद, मूल्यको श्रम सिद्धान्त अर्थात् अतिरिक्त मूल्य र इतिहासको भौतिकवादी अवधारणा अर्थात् वर्गहरूको संघर्ष तीन संघटक अंग हुन् ।
यो भौतिक संसारको अस्तित्व, रूपान्तरण र विकास द्वन्द्वात्मक पद्धतिबाट हुन्छ । हाम्रो चेतनामात्र होइन, बानरबाट नर (मानिस) भएको पनि श्रम अर्थात् पुनर्उत्पादनको लागि गरेको संघर्षको परिणाम हो । मानिसले उत्पादनका लागि गरेको संघर्ष अर्थात् आर्थिक क्रियाकलापको जगमा राजनीतिक, साँस्कृतिक, मनोबैज्ञानिक आदि संरचनाहरू खडा हुन्छन् । परिवर्तन क्रमिक रूपमा नै हुन्छ तर यसको गति भने सापेक्षिक रूपमा मन्द वा तिब्र हुन्छ । यसको गति मानिसहरूको क्रियाकलापमा भर पर्दछ ।
संसारमा जति पनि भौतिक वस्तुहरू छन्, यी कसैले निर्माण गरेको होइन, यो प्राथमिक तत्वहरूको संयोजन हो । भौतिक वस्तुमा रहेको द्वन्द्वात्मक सम्बन्ध नै गति हो । जहाँ भौतिक वस्तु हुन्छ, त्यहाँ गति हुन्छ , जहाँ गति हुन्छ , त्यहाँ भौतिक वस्तु छ भन्ने बोध हुन्छ । वस्तुमा रहेको गतिको कारण घर्षण हुन्छ र घर्षणले ताप उत्पन्न हुन्छ र तापमा हुने परिवर्तन (कमी वा बढी) का कारणले वस्तुको रूपमा परिवर्तन हुन्छ । जैविक विकासको नियम निषेधको निषेधको आधारमा हुन्छ । निषेधको निषेधको गति सधैं बेरुवाकारमा हुन्छ अर्थात् यो घुम्दै घुम्दै तल÷माथि बढ्ने हुन्छ अथवा यो घुम्दै घुम्दै फैलिएर जाने हुन्छ ।
हेगेलले सन् १८१६ मा व्याख्या गरेको द्वन्द्ववादको नियममा प्रत्येक वस्तुमा प्रतिपक्षता हुन्छ भनेका थिए । त्यो वैज्ञानिक खोजको क्रममा सन् १८९७ मा अणुमा ऋणात्मक चार्ज भएको इलेक्ट्रोनको पत्तालगाए, सन् १९२० मा अणु भित्र धनात्मक चार्ज भएको प्रोटोन र १९३२ मा कुनै पनि चार्ज नभएको न्युट्रोन हुन्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाए पछि द्वन्द्ववादको नियमको पुष्टि भयो । सन् १९६० को दशकको सुरुमा प्रोटोन र न्युट्रोनहरू स–साना क्वार्कहरू मिलेर बनेका हुन्छन् भन्ने सिद्धान्त वैज्ञानिक मुरे गेलम्यानले प्रतिपादन गरे । सन् १९९५ सम्ममा छवटा क्वार्क पत्तालगाई नामाकरण भयो । यी क्वार्कहरू एकआपसमा जोडिदा पनि जोडिदैनन् र सामान्य बल लगाएर छुट्याउन पनि सकिदैन भन्ने तथ्य पनि प्रमाणित भयो । द्वन्द्ववादको प्रतिपक्षता र एकत्व सम्बन्धी नियम बीशौं शताब्दीको अन्त्यमा वैज्ञानिकहरूले पुष्टि गरे ।
माक्र्स पुँजीको प्रथम खण्डको पहिलो संस्करणको भूमिकामा लेख्छन् “आर्थिक रूपहरूको विश्लेषण गर्न न त सुक्ष्म दर्शक यन्त्रबाट कुनै मद्दत मिल्छ न त रसायनिक विश्लेषणको विधिबाट ……….बुर्जुवा समाजमा श्रमको उत्पादनको वस्तुको रूप वा वस्तुको मूल्य रूप आर्थिक कोशिकाको रूपमा हुन्छ ।” शोषण केबाट र कसरी हुन्छ भन्ने कुरा पत्ता लगाउन द्रव्य अर्थात् पुँजीको कोशिकाको रूपमा रहेको वस्तु र त्यसलाई उपयोग गर्न हुने बनाउन लगाइने श्रमको बारेमा जान्नै पर्छ । संसारमा रहेका भौतिक वस्तुहरूमा हावा र प्रकाश बाहेक सबै वस्तुहरूको उपयोग गर्न श्रम अनिवार्य हुन्छ र त्यही श्रमले मूल्यको आकार लिन्छ । श्रमको त्यही मूल्य नै पुँजीको आधारशीला हो । जंगलको जामुनुको र खोलाको बालुवाको मूल्य हुदैन । जामुनु श्रम लगाएर वा टिपेर गाउँ वा बजारमा लग्यो भने माना वा किलोमा र बालुवा बोरामा वा ट्रेक्टरमा हालेर गाउँ वा बजारमा लगेपछि त्यो बिक्री हुन्छ । जामुनु वा बालुवा टिपेर वा भरेर बजारसम्म पु¥याउने श्रम नै त्यसको मूल्य हो ।
श्रम मूल्य हो भने अतिरिक्त मूल्य कसरी लिइन्छ ,यसवारे संक्षिप्त र्चचा गरौं । जामुनु टिपेर खाँदा हुन्छ तर धान फाँकी मार्न हुदैन अर्थात चिउरा खाए जस्तो खपाखप खान मिल्दैन । त्यसको लागि श्रमका साधनहरूको प्रयोग गर्नुपर्छ अर्थात् औजारहरूको प्रयोग गर्नुपर्छ । औजार सामुहिक श्रम प्रक्रियाको उपज हो । यी उपजहरूलाई पुँजीपतिहरूले आफ्नो हातमा लिएर त्यसको प्रयोग गरे वापत अतिरिक्त श्रम गर्न लगाउँछ । त्यही नै श्रमको शोषण हो । काम गर्ने क्रममा औजारलाई परिस्कृत तथा आधुनिक र स्वचालित बनाउने काम पनि मजदुरहरूको सामुहिक प्रयासबाट नै हुन्छ । तर, त्यसको प्रतिफल पुँजीपतिले आपूmले लिन्छ । यसरी श्रमिकहरूको शोषण अझ गहन बन्दै जान्छ ।
यो प्रकृति (ब्रह्माण्ड) जुन नियमका आधारमा चल्दछ मानव समाज मात्र नभएर प्राणी जगतको अस्तित्व, रूपान्तरण र विकास पनि त्यही नियम अनुसार नै हुन्छ । दर्शनको अध्ययनको विषय वस्तु भनेको प्रकृतिमा भएका वस्तुहरूको आपसी सम्बन्ध वातावरणीय उतारचढावबाट हुने परिवर्तनका साथै प्रकृतिका वस्तु र त्यससँगको मानव जीवनको अन्तरसम्बन्ध र अन्योनक्रियाको अध्यययन नै दर्शनशास्त्रको अध्ययनको विषय वस्तु हो ।
दर्शनशास्त्रको अध्ययनमा त्यसको मूल नियमहरू र प्रवर्गहरूको बारेमा स्पष्ट भए पछि मात्र हामी वस्तु , विषय र विचारधाराका बारेमा आफ्नो दृष्टिकोणलाई सही रूपमा प्रस्तुत गर्न सक्छौं । प्रवर्गको बारेमा पनि द्वन्द्वात्मक भौतिकवादी, ऐतिहासिक भौतिकवादी र ज्ञान सिद्धान्तका प्रवर्गहरूलाई सप्रसंग बुझ्नु पर्छ । विषय वस्तुलाई हेर्ने दृष्टिकोण सापेक्षताका साथसाथै आयामिक पनि हुनुपर्छ । तब मात्र विषय वस्तुहलाई जस्ताको त्यस्तै रूपमा बुझ्न सकिन्छ ।
पेरिस कम्युनको आन्दोलन पछि पुँजीवादीहरू सतर्क भए । कम्युनिष्टहरूका क्रियाकलापहरू माथि निगरानी गर्न थाले । कम्युनिष्ट पार्टीको घोषणा पत्रमा माक्र्सले स्पष्ट रूपमा उल्लेख गरेका छन् “जुन हतियारद्वारा पुँजीपतिहरूले सामन्तवर्गको अन्त्य गरे, उनीहरूले यस्तो हतियार मात्र निर्माण गरेनन् जसले उनीहरूको अन्त्य गर्नेछ । उनीहरूले त यस्ता मानिसहरू पनि उत्पादन गरे जसले उनीहरूका विरुद्ध त्यही हतियार प्रयोग गर्ने छन् । ती हुन् आजका मजदुरहरू, आजका सर्वहाराहरू ।” यसले के स्पष्ट हुन्छ भने पुँजीपतिहरूले आपैm आफ्नो चिहान खनिरहेका छन् । पुँजीपतिको अन्त्य कुनै वाह्य शक्तिबाट नभई उनीहरू कै क्रियाकलापबाट सिर्जित शक्तिले नै उनीहरूको अन्त्य गर्नेछ ।
जब रूसमा सन् १९१७ मा कम्युनिष्टहरूले जारशाहीको सत्ता पल्टाई दिए । जनसंख्याको हिसाबले संसारको विशाल मुलुक चीनमा पनि सामन्ती व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्था कायम भए पछि संसारका पुँजीपतिहरू थर्कमान भए । अझ यहाँ के कुरा स्मरणीय छ भने कम्युनिष्ट पार्टीको घोषणा पत्रमा उल्लेखित “उत्पादनका समस्त साधनहरूको तिब्र विकास र सञ्चारका साधनहरूको असिमित सुविधाले गर्दा पुँजीजीवी वर्गहरूले सबै राष्ट्रहरूलाई यहाँसम्म कि असभ्यभन्दा पनि असभ्य देशहरूलाई समेत सभ्यताको परिधिमा (घेरा भित्र) ल्याउँछ । उसका वस्तुहरूको सस्तो मूल्य नै यस्तो तोप हो जसको मद्दतले सारा चिनीयाँ पर्खाललाई ध्वस्त पारी दिन्छ ।” यहाँ मुख्यतः दईवटा कुरामा जोड दिइएको छ । पहिलो उत्पादनका समस्त साधनहरूको तिब्र विकासले सस्तो मात्र नभई बजारमा पहुचका लागि दोस्रो यातायात ‘र सञ्चारको साधनहरूमा भएको असीमित सुविधाले संसारलाई नजिक बनाइ आपूर्तिलाई सहज भएको छ । सामा्रज्यवादीहरू आफ्ना लागि संसारका सबै बजार खुला हुनुपर्छ भन्दै आफ्नो देशमा कोटा निर्धारण गर्दथे । आज चिनीया सस्तो सामानले साम्राज्यवादीहरूको बलियो पर्खाल भत्काई दिएको छ । अमेरिकी तथा युरोपीय मुलुकहरू बर्षेनी अरबौं डलर घाटा बेहोरिरहेका छन् चीनसँगको व्यापारमा । अनेकौं किसिमका सामरिक, राजनीतिक, आर्थिक, प्राविधि, साँस्कृतिक र मनोवैज्ञानिक रूपमा पचार गरेर दवाब दिए पनि साम्राज्यवादीहरूको राष्ट्रिय आय गिर्दो अवस्थामा छ ।
यसबाट स्पष्ट हुन्छ कि क्रान्तिकारी कम्युनिष्टहरूले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र ऐतिहासिक भौतिकवाद अर्थात् वर्ग संघर्षको अपरिहार्यतालाई बुझेपछि मात्र नयाँको अवश्यम्भावी विजयलाई बुझ्न सकिन्छ । अर्को शब्दमा भन्दा परिवर्तनप्रति दृढ विश्वास हुन्छ ।
९ असार, ०७४