रामेछाप–उपत्यका जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला आयोजक समिति गठन

रामेछाप–उपत्यका जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला आयोजक समिति गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको एक भेलाले रामेछाप–उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला आयोजक समिति गठन गरेको छ । शनिबार काठमाडौंमा भएको उक्त भेलाले पदम थापाको संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समिति गठन गरेको हो । उक्त भेला आयोजक समितिका सदस्यहरुमा भीम तामाङ, प्रविण वल, रामबहादुर बस्नेत, रामकुमार दोङ, जितेन्द्र दाहाल, केशव गौतम, खड्ग थापामगर, रमेश बोहोरा, शेरबहादुर तामाङ, पदम लामा, विष्णु आले, जितबहादुर देवकोटा, सुजन क्याप्छाकी मगर, छिरिङ लामा, दिलकुमार थापा मगर लगायत रहेका छन् । भेलाले पदम थापा, प्रविण वल, रामकुमार दोङ, खड्ग थापा मगर, शेरबहादुर तामाङ, जितबहादुर देवकोटा र सुजन क्याप्छाकी मगर रहेको सात सदस्यीय कार्यालय टिम पनि निर्माण गरेको छ ।

उक्त भेलाले साउन ७ गते भव्य रुपमा भेला आयोजना सफल बनाउन मञ्चको सदस्यता वितरणलाई अभियानको रुपमा लैजाने निर्णय समेत गरेको छ ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजन समितिका संयोजक दिनेश शर्मा सागर, केन्द्रीय सदस्य तथा फ्र्याक्सन सहइन्चार्ज भक्तराज थापा‘अपिल’, केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय संयोजक हरिकृष्ण गजुरेललगायतले मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्यहरु फुर्नाम्गेल मोक्तान र विन्दा मगरको उपस्थिति रहेको थियो ।