काठमाडौं । दैलेखको आठबीस नगरपालिका–४ नैनाल भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अन्य १६ जना घाइते भएका छन् ।
कालिकाटको जितेकाँडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा अछामका पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षीय शिव नेपाली, उनकी छोरी १० वर्षीया रूपा, तुर्माखान गाउँपालिका ३ का २५ वर्षीय धिरेन्द्र विसी, कालिकोटको रास्कोट नगरपालिका ७ का ४० वर्षीय युवराज साही, वडा नम्बर ५ का २५ वर्षीय धर्मराज साही, २३ वर्षीय वर्षीय प्रकाश साही, वडा ६ की २१ वर्षीया कविता साही र शान्ति त्रिवेणी गाउँपालिका ५ का २५ वर्षीय प्रकाश साही रहेका छन् ।
मृतकमध्ये दुई महिला र एक पुरुषको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका १४ जनालाई एम्बुलेन्स र बसबाट नेपालगञ्ज लगिएको छ । सामान्य घाइते दुई जनाको भने दैलेखमा नै उपचार भइरहेको छ ।