
काठमाडौं । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबारराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ३ विकेटले हराएको हो ।
इंग्ल्याण्डमा जारी प्रतियोगितामा पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय ३६ रन जोडेको थियो ।
श्रीलंकाको लागि निरोशान डिकेलाले ७३ रन जोडे भने कप्तान एन्जेलो म्याथ्युजले ३९ रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका जुनेद खान र हसन अलीले ३–३ विकेट लिए ।
जवाफमा २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ औं ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो ।
पाकिस्तानको जितमा नायक बनेका शरफराज अहमदले अविजित ६१ रन जोडे भने फाखर जमानले ५० रनको योगदान दिए । हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।
पाकिस्तानले अब सेमिफाइनलमा घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् ।