नव निर्वाचित प्रधानमन्त्री देउवाले आज सपथ लिने, सानो मन्त्रिपरिषद आजै

नव निर्वाचित प्रधानमन्त्री देउवाले आज सपथ लिने, सानो मन्त्रिपरिषद आजै

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

दिउँसो दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम छ । आज नै पदभार ग्रहण गर्दै उनले सानो मन्त्रिपरिषद समेत बनाउने तयारी गरेका छन् ।

पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीन तीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रिपरिषद बन्ने सम्भावना छ ।

देउवा मंगलबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलहरु तथा केही स्वतन्त्र सांसदको मत देउवाले पाएका थिए ।

विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टीलगायतका पार्टीका सांसदले भोट हालेका थिए ।