निर्वाचित भएलगत्तै गाउँपालिका अध्यक्षमाथि एमाले कार्यकर्ताको आक्रमण

निर्वाचित भएलगत्तै गाउँपालिका अध्यक्षमाथि एमाले कार्यकर्ताको आक्रमण

धादिङबेसी । धादिङको ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ ।

विजय जुलुसबाट फर्किरहेका बेला भएको सो आक्रमणबाट तिमिल्सिनासहित ७ जना घाइते भएका छन् ।

विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुको भनाई छ । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ ।

कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले हराउँदै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् ।