वरिष्ठ प्रगतिशील साहित्यकार शर्माको निधन

वरिष्ठ प्रगतिशील साहित्यकार शर्माको निधन

काठमाडौं । वरिष्ठ प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माको आइतबार बिहान निधन भएको छ ।

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्माको बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा तथा प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत हुन् । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए ।

शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलले जानकारी दिए ।

विक्रम संंवत १९८६ मा जन्मिएका शर्माका बहिनीलाई चिठी (२००८) र (२०१२), तँ, तिमी, तपाईं, हजुर (२०१४), मेरो आमा (२०२३), थुनुवाको डायरी (२०३८) चर्चित कृति हुन् ।