भक्तपुर । भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा भएको भिषण आगलागीमा परी पाँच घर जलेर नष्ट भएका छन् । राति देखि लागेको आगो आइतबार बिहानमात्रै नियन्त्रणमा आएको थियो ।
राति करिब साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीलाई नियन्त्रणमा लिनका लागि नजिकका घरहरु भत्काइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायत ठूलो क्षति भएको छ ।
आगलागीबाट आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल समेत खटिएका थिए भने भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।