प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाउने

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाउने

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर भएको महाअभियोगको प्रस्तावले आज औपचारिक रुपमा व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ ।

व्यवस्थापिका संसदको दिउँसो ३ बजे बस्ने बैठकमा महाअभियोगको प्रस्ताव अघि बढ्ने भएको हो । संसद सचिवालय स्रोतले आजको बैठकले छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको जनाएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले भने महाअभियोगको प्रस्ताव फिर्ता लिन माग गर्दै आएका छन् ।