आफु मर्दै गरेर फोटो आफैले खिचेपछि

प्रकाशित मिति : २०७४ बैशाख २१

एजेन्सी । अमेरिकी सेनाले आफ्नो एक महिला फाटोग्राफरले लिएको तस्वीर सार्वजनिक गरेको छ । जसमा आफु र चार अफगानी सैनिक मर्दै गरेको समयको थियो ।

२२ वर्षीय ती महिला फोटोग्राफर हिल्टा क्लेटन र अरु चारजना अफगानी सैनिक २ जुलाई २०१३ मा भएको एक प्रशिक्षणमा बम विस्फोट भएर मरेका थिए ।

अमेरिकी सेनाले सो विस्फोटनमा एउटा अफगानी सेनाले लिएको तस्वीर पनि सार्वजनिक गरेको थियो जहाँ क्लेटन उसलाई फोटो पत्रकारिता सकाई रहेको थियो ।

मिलेट्री रिब्यू पत्रिकाले यो फोटोको प्रकाशन गरेको थियो । यो फोटो क्लेटनको परिवारसँग अनुमति लिएपछि मात्र सार्वजनिक भएकोे थियो ।

सो घटना पश्चात अमेरिकी रक्षा मन्त्रालयले क्लेटनको नामबाट एउटा फोटोग्राफी अवार्ड पनि दिने गरेको छ ।