काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र विधिको राजीनामा फिर्ता भएको छ ।
प्रधानन्यायधीस सुशीला कार्कीमाथि लागेको महाअभियोगप्रति असन्तुष्टि जनाउँदै निधिले राजीनामा दिएका थिए ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच भएको छलफलमा राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किने सहमति भएको हो ।
बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा फर्कन निधिलाई आग्रह गरेका थिए ।
गृहमन्त्रीबारे बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । सो छलफलमा पनि सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।
अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् । यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो ।
थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेपछि अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा नै रहने भएका हुन् ।





























