काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा मतदान नगर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनमा मतदानका लागि मतदानकेन्द्रमा गएपछि कुनै न कुनै पार्टीका उम्मेदवारलाई भोट हाल्नुपर्ने र त्यसो गर्दा राजनीतिक पार्टीको पक्षधरता देखिने भएकाले मतदान नगर्ने निर्णय गरेको बताइएको छ ।

राष्ट्रपतिको रुपमा निष्पक्ष हुनुपर्ने भएकाले मतदान नगर्ने भएकी हुन् । राष्ट्रपति हुनुअघि भण्डारी एमाले उपाध्यक्ष तथा एमालेका तर्फबाट सभासद रहेकी थिइन् ।

संविधानको संरक्षकको समेत रहेको हुनाले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको मतदानमा सहभागी नै नहुँदा निश्पक्ष देखिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर