एप्पलले अरु स्मार्टफोनलाई टक्कर दिन फेरी लन्च ग¥यो आइफोन सिक्स बजारमा

एप्पलले अरु स्मार्टफोनलाई टक्कर दिन फेरी लन्च ग¥यो आइफोन सिक्स बजारमा

सन् २०१४ मा नै बजारमा लन्च गरिसकेको आइफोन सिक्सलाई एप्पले फेरी दोस्रो पटक बजारमा लन्च गरेको छ । जब एप्पलले पहिलोपटक आइफोन सिक्स लञ्च गरेको थियो तब सधैजस्तै मानिसहरुले यसको खुबै तारिफ ग¥यो । आइफोन सिक्स बिक्रिका हिसाबले एप्पलका लागि इतिहास रच्न सफल भयो । ठूलो डिस्प्ले तथा नयाँ डिजाइनका साथमा आएको आइफोन सिक्समा आइफोनको अघिल्लो संस्करणमा भन्दा उत्कृष्ट क्यामरा राखिएको थियो ।
बजारमा विद्यमान मध्यमस्तरका स्मार्टफोनहरुलाई टक्कर दिनका लागि एप्पलले आफ्नो आइफोन सिक्स पुनः उतारेको हो । आइफोन सिक्स पछि सिक्स एस र सेभेन समेत लञ्च भैसकेको छ र एप्पलले ती स्मार्टफोनबाट ठूलो रकम हात पारिसकेको छ । तथापि आइफोन सिक्सले सुरुवातमा एप्पललाई दिलाएको सफलता तथा प्रयोगकर्तालाई दिलाएको सन्तुष्टि एप्पलका लागि खास रहेको छ । त्यसैले एप्पल पूरानो त्यो इतिहासलाई कायम राख्न चाहन्छ ।

पूरानो ए ८ चिप तथा अहिले आउटडेटेड भैसकेको क्यामराका बाबजुत पनि आइफोन सिक्स बजारमा निकै बिकिरहेको छ । बजारमा उपलब्ध मध्यम मुल्यका अन्य स्मार्टफोनलाई यसले राम्रोसँग टक्कर दिइरहेको छ ।

बजारमा पुनः आएको आइफोन सिक्सले स्थानीय स्मार्टफोनहरुलाई नराम्रो धक्का दिइरहने विश्वास गरिएको छ । – एजेन्सी