काठमाडौं । चुनावको क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेर संगठन विस्तारसँगै चुनावको तयारीमा होमिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले राष्ट्रघाती र जनघाती तत्वहरुको भण्डाफोर गर्दै चुनावको सघन तयारी गरिरहेको छ ।
मोर्चाको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार चितवन, काठमाडौं, ललितपुर, तनहुँ र कास्कीबाट उम्मेदवारहरु प्रस्ताव गरिएका छन् ।
प्राप्त जानकारी अनुसार ललितपुर महानगरपालिकामा विजय खड्गी र गोदावारी नगरपालिकामा श्याम केसीलाई मेयरको उम्मेदवारको रुपमा मोर्चाले सिफारिश गरेको छ भने कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा नेता भीम श्रीस मगरलाई मेयर पदमा मोर्चाले अगाडि सरेको छ ।
त्यसैगरी उपमेयरको लागि देवी थापालाई प्रस्ताव गरेको छ । महानगरका ३३ वडामध्ये १ मा निल प्रसाद श्रेष्ठ, ५ मा कृष्ण कुमारी घिमिरे, ८ मा राम प्रसाद पाण्डे÷अर्जुन गुरुङ, ९ मा लक्ष्मी अधिकारी, १० मा बिष्णु राणा, १४ मा देवि थापा, सदस्यहरुमा विनिता तामाङ, सविना परियार, महेन्द्र हमाल, कर्ण ब. पुन, १५ मा अध्यक्ष–उर्मिला श्रीस, सदस्यहरुमा इन्द्र ब. गुरुङ, सिता परियार, धनमाया थापा, २५ मा राम ब. पुन, २६ नं. मा तिलक प्रसाद बराल अध्यक्ष, सदस्यहरुमा श्रीधन राई, बिष्णु सुनार, मन्जु वि.क., २८ मा मिन बहादुर भुजेल अध्यक्ष, २९ मा नर ब. राणा अध्यक्ष, ३० मा दुर्गादत्त अधिकारी अध्यक्ष, खिमराज अधिकारी सदस्यलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने जिल्लाका गाँउपालिकाहरुमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा राम ब. पुन, माछापुच्छे गाउँपालिकाको अध्यक्षमा टेक ब. गुरुङ, मादी गाउँपालिकाको अध्यक्षमा संयोजक दुर्गादत्त अधिकारी, रुपा गाउँपालिकाको अध्यक्षमा इन्द्र बहादुर गुरुङलाई सिफारिश गरिएको छ ।
यता चितवनबाट प्राप्त जानकारी अनुसार जिल्लाको खैरेनी नगरपालिकामा मेयरमा चुडामणि श्रेष्ठ र उपमेयरमा राधिका बोहोरालाई अगाडि सारिएको छ भने तनहुँको आँबु गाउपालिकामा टिका बहादुर अर्याल, विजय तमु, बन्दिपुर गाउपालिकामा सुन्दरलाल श्रेष्ठ, बेनी बहादुर थापा, श्री बहादुर सुनारी मगर, भानु नगरपालिकामा लक्ष्मी मल्ल, मनु, ब्यास नगरपालिकामा कृष्णकान्त श्रेष्ठ, नेत्र रानाभाट, उप बहादुर थापा मगर(उजिर), लेख बहादुर आले, शुक्लागण्डकी नगरपालिकामा जीत महत, केशब भट्टराई, भिमाद नगरपालिकामा श्रीराम लम्साल, प्रकाश श्रेष्ठलाई जनपक्षीय उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ ।
यसैबीच, मोर्चाको काठमाडौं टोखा नगर कमिटिले सोमबार मेयर र उपमेयरसहित ११ वटै वडाका अध्यक्ष पदका निम्ति उम्मेदबारहरुको नाम घोषणा गरेको छ ।
मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यालय उद्घाटन कार्यक्रममा टोखा नगरपालिकाको मेयरमा केशर प्रधान, उपमेयरमा छिरिङ अंगु शेर्पा र ११ वटा वडा अध्यक्षहरुमा क्रमशः रामशरण दुलाल, मनिराज डंगोल, आशाकाजी महर्जन, बिज्ञान नेपाल, रामशरण गिरि, गोपाल कार्की, सुमित्रा न्यौपाने, बद्रिहरी नेपाल, दलबहादुर घर्ति, बाबुराजा महर्जन, माधव शर्माको नाम घोषणा गरिएको हो ।































