नेपालमा आजभन्दा ६४ वर्ष अगाडिबाट शुरु भएको नेपाली मजदुर आन्दोलन विभिन्न प्रकारका उतारचढाव पार गर्दै यहाँसम्म आईपुगेको छ । विराटनगरमा सानो र सिमित घेरामा उद्योगको स्थापना भएका कारण स्वभाविक रुपमा तात्कालिन स्थितिमा संख्यात्मक दृष्टिले मजदुरहरुको संख्यापनि कमै थियो । पु“जिवादी उत्पीडनको मार चर्को भएको कारण मजदुरहरुले संगठित रुपमा ००३ सालमा संघर्षको शुरुवात गरेर आºनो वर्गको वर्गीय पहिचान देखाएका थिए । शासकवर्ग र कारखाना व्यवस्थापनका विरुद्ध एकसाथ आन्दोलन गरेर आर्थिक आन्दोलनको सानो घेरामा सिमित रहने अर्थवादका विरुद्ध औला उठाएका थिए । विश्व मजदुर आन्दोलनमा देखापरेको अर्थवादी चिन्तन व्यहवार वास्तवमा मजदुर आन्दोलन भित्रको अत्यन्तै घातक प्रबृत्ति थियो । वास्तवमा नेपाली मजदुर आन्दोलनको प्रारम्भिक चरणमा त्यसको कुनै प्रभाव परेको देखिदैन । तर जब औधोगिक विकास सामन्यरुपमा विकास प्रक्रियमा अगाडि बढ्दै गयो तब मजदुरहरुको संख्यात्मक विकास पनि स्वभाविक वृद्धि हुदै गयो । मजदुर संगठनपनि विकासको आºनो सापेक्षतामा गतिशील बन्दै आए । यही अवस्थामा विश्वमा देखा पर्दै आएका अर्थवादी चिन्तन तथा व्यवहारले पनि क्रमशः नेपाली मजदुर आन्दोलनमा बिस्तार गर्दै लैजान थाल्यो ।

अर्थवाद भनेको के हो ?

अर्थवादका बारेमा लेनिन भन्नुहुन्छ “रुसी सामाजिक जनवाद भित्र अर्थवाद एक अवसरवादी रुझान मात्र थियो । उसको राजनीतिक सार यस्तो कार्यक्रम बनेर रहेको थियो “मजदुरका लागि आर्थिक संघर्ष, उदारवादका लागि राजनीतिक संघर्ष ।” यसको मुख्य सैद्धान्तिक आधारको नाम “कानूनी माक्र्सवाद” अथवा “स्त्रुपेवाद” थियो, जो हर प्रकारको क्रान्तिकारिताबाट पूर्णरहित तथा उदारतावादी बुर्जुवा वर्गको आवश्यकता अनुकूल रुपान्तरित “माक्र्सवाद” को “मान्यता दिने गर्दथ्यो” । लेनिनले यसरी अर्थवादी चिन्तनको सैद्धान्तिक आधारका बारेमा स्पष्ट पार्दै आउनु भएको थियो । साथै मजदुर आन्दोलन भित्र देखापरेको अर्थवादका बारेमा व्यापक सैद्धान्तिक भण्डाफोर गरेर नै मजदुर आन्दोलनलाई क्रान्तिकारी धारमा विकसित गराउनु भएको थियो । तब मात्र रुसी मजदुर आन्दोलनले क्रान्तिकारी माक्र्सवादलाई अगाल्यो र रुसी क्रान्ति सम्पन्न गर्ने हिम्मत ग¥यो । अन्ततः क्रान्ति सम्पन्न गरेर विश्व सर्वहारा वर्गको मुक्तिको ढोका खोल्यो । तर विश्व मजदुर आन्दोलनका साथै नेपाली मजदुर आन्दोलनमा समेत व्यापक घर जमाउदै गएको अर्थवादी चिन्तनको व्यापक मात्रामा भण्डाफोर गर्दै क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न आवश्यक छ । त्यसो नगरी न त नेपाली क्रान्तिलाई सम्पन्न गर्न सम्भव छ न त विश्व सर्वहारा वर्गीय मजदुर आन्दोलनलाई सही मार्गमा लैजान सकिन्छ ।

मजदुर आन्दोलनमा अर्थवाद सैद्धान्तिक रुपमा मात्र होइन अन्य विविध पक्षहरुमा माक्र्सवादका विरुद्ध आºना सोंचहरु आºना सोचहरु अगाडि बढाउँछन् । मजदुर आन्दोलनभित्रको अर्थवादी रुझानलाई निम्न अनुसार परिभाषा गर्न सकिन्छ ।

क) अर्थवादले राजनीतिक नेतृत्वमा उदारवादी पक्षलाई अगाडि बढाउन चाहन्छन् । किनकि उनीहरु आमूल परिवर्तनमा होइन कि क्रमिक अथवा मात्रात्मक परिवर्तनमा विश्वास गर्दछन् ।
ख) अर्थवादी चिन्तन बोकेका व्यक्तिहरु हदैसम्मका अवसरवादी हुन्छन् । उनीहरु सजिलो, सरल तवरबाट आºनो अधिकारलाई सुरक्षित गर्न चाहन्छन् । सरल तवरबाटै अधिकार लिन सकिन्छ भनेर मजदुरहरुलाई प्रशिक्षण दिने गर्दछन् । कठीन कार्य उनीहरुका सोचाई भन्दा बाहिरका विषय वस्तु बन्ने गर्दछन् ।
ग) अर्थवादीहरु हरेक आन्दोलनलाई राजनीतिक संघर्षसँग जोडेर बढाउन चाहदैनन् । बरु उनीहरु मजदुर आन्दोलनलाई राजनीतिक संघर्षबाट अलग गराएर केवल आर्थिक वृद्धि तथा सुविधा वृद्धि गरेर सुधारवादी तवरबाट मजदुर वर्गको मुक्तिको कुरा गर्दछन् । र सोही अनुरुप नै मजदुरहरुलाई प्रशिक्षित गर्दछन् । मजदुर आन्दोलनलाई क्रान्तिकारी र जुझारु बनाउन चाहदैनन् ।
घ) अर्थवादीहरु क्रान्तिकारी विचारका आधारमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा गरिने अग्रगामी भूमिकालाई अस्वीकार गर्नुका साथै स्वतः स्फुर्त मजदुर आन्दोलनको वकालत गर्दछन् । जुन विषय माक्र्सवादसँग कतिपनि मेल खाँदैन ।
ङ) अर्थवादी मजदुर आन्दोलन एक प्रकारको सुधारवादी चिन्तन हुँदै संसोधनवादी दिशामा अगाडि वढ्ने चिन्तन प्रवृत्ति हो । वास्तवमा यसले अन्ततः थाहा नपाउने ढंगले माक्र्सवादको गला रेट्न पुग्दछ । बुर्जुवा वर्गको सेवामा आºना सबै गतिविधि अगाडि बढाउँछ ।
च) अर्थवादी चिन्तनले एउटा क्रान्तिकारी पार्टी निर्माण तथा जुझारु आन्दोलन उठानमा हर प्रकारका बाधा व्यवधान खडा गर्न पुग्दछ । यसरी अर्थवादले विश्व मजदुर आन्दोलनका साथै नेपाली मजदुर आन्दोलनमा पनि क्रमशः वाधा, व्यवधान र क्षति पु¥याउदै आइरहेका छन् । यस विषयमा व्यापक मात्रामा बहस चलाउन आवश्यक छ ।
नेपाली मजदुर आन्दोलनमा अर्थवादका साथै ट्रेड युनियनवादी चिन्तन पनि त्यतिकै बढ्दै गइरहेको छ । ट्रेड युनियनवादका विषेशता निम्न अनुसार देखा पर्दै आएका छन् ।

के हुन त ट्रेड युनियन वादका विशेषता ?

मजदुर आन्दोलनभित्र ट्रेड युनियनवादी चिन्तनधारा एउटा अत्यन्तै खतरनाक विचारधारा हो । यसले रुपमा अत्यन्तै मजदुर पक्षधर भएको देखाउँछ तर सारमा यो धारा अत्यन्तै खतरनाक प्रकारको मजदुर विरोधी चिन्तनधारा हो । यस विषयमा सबैभन्दा बढी भण्डाफोर लेनिनले गर्नुभयो र मजदुर आन्दोलनलाई क्रान्तिकारी विचारद्धारा लैस गराएर विद्रोहमा संगठित गर्न सम्भव भएको थियो । अहिलेपनि विश्वका मजदुर आन्दोलनमा देखा पर्ने अर्थवाद र ट्रेड युनियनवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता नेपालमा जतिबेला देखि मजदुर आन्दोलन अलि बढी घनिभूत र व्यवस्थित बन्दै गयो तब देखि नै युनियनवादी चिन्तन व्याप्त मात्रामा देखापर्दै गएको छ । ट्रेड युनियनवादी चिन्तनका विशेषतालाई आम मजदुर वर्गका सामु स्पष्ट पार्दै क्रान्तिकारी विचारवाट लैस नबनाई नेपाली मजदुर आन्दोलनलाई सही तवरबाट विकास गर्न सकिदैन । त्यसैले ट्रेडयुनियनवादका विशेषता के के हुन त भन्ने कुरा बुझ्न जरुरी छ ।
क) ट्रेड युनियनवाद वैचारिक रुपमा सुधारवादको पक्षधर हो । यसले क्रमशः सिगो मजदुर आन्दोलनलाई संशोधनवाद तिर लैजान्छ र अन्ततः बुर्जुवा वर्गका अगाडि आत्मसमर्पण गराउँछ ।

ख) ट्रेड युनियनवादले सर्वहारा वर्गको कार्यदिशा बोकेको पार्टी नेतृत्वलाई अस्विकार गर्दछ । विशुद्ध यसले मजदुर आन्दोलनको वकालत गरेर अन्ततः मजदुर मुक्तिको वास्तविकताबाट मजदुरहरुलाई क्रमशः टाढा पु¥याउन चाहन्छ ।

ग) ट्रेड युनियनवादको अर्को विशेषता भनेको क्रमिक रुपमा वर्ग समन्वयको दिशातिर लैजाने चिन्तन पनि हो ।

यसरी विश्व स्तरमा मजदुर आन्दोलनमा देखापर्दै आएको ट्रेड युनियनवादी चिन्तन नेपाली मजदुर आन्दोलनमा पनि देखिदै आएको छ । खासगरी ट्रेड युनियनवाद र अर्थवादी चिन्तनले बिस्तार गर्दै नेपाली मजदुर आन्दोलनमा प्रभाव विस्तार गर्दै लगेको छ । मजदुरहरुलाई केवल ट्रेड युनियन नै सबै थोक हो भनेर प्रशिक्षित गर्ने देखि आर्थिक वृद्धि र सुविधा वृद्धिका कुरा गरेर सर्वहारा वर्गीय आन्दोलनबाट मजदुरहरुलाई विमुख बनाउने काम गर्दै आएका छन् । यसले तात्कालिन रुपमा मजदुर वर्गलाई फाइदा भएको जस्तो देखिने तर सत्ता प्राप्त गर्ने मुल लक्ष्य बाट बन्चित बनाउने काम हँुदै आएको छ ।

त्यति मात्र होइन ट्रेड युनियनवाद तथा अर्थवादले शुरुमा मजदुर आन्दोलन उठाउँछ तर जब आन्दोलन एउटा तहमा विकसित भएपछि मजदुर संगठनका माथिल्ला नेताहरु एकाएक पुँजिपतिसँग सम्झौता गर्न तिर उन्मुख हुन पुग्दछन् । सिमित प्रकारका आर्थिक मागमा मजदुरहरुलाई अल्मल्याउनु उनीहरुको मुख्य सोच हुने गर्दछ । आर्थिक सौदावाजी गर्दै मजदुरहरुलाई पछाडि राखेर पु“जिपति वर्गसँग आर्थिक लेनदेन गर्नु कमिसन खानु उनीहरुको मुख्य हर्कतपनि हो । त्यसैले यसरी हुर्कदै गएको ट्रेड युनियनवाद तथा अर्थवादका विरुद्ध निरन्तर रुपमा भण्डाफोर गर्दै नेपाली मजदुर आन्दोलनलाई क्रान्तिकारी बाटोमा हिडाउनु आजको आवश्यकता हो । साथै मजदुर कार्यकर्ताहरुले पनि त्यस प्रकारका अवसरवादी चिन्तन, व्यवहार तथा कार्य पद्धति बोकेका मजदुर नेताहरुलाई समयमा चिन्नु र तिनीहरुका गलत हर्कतका विरुद्ध संघर्ष गर्नु पनि हो ।

अन्तमा मजदुर आन्दोलन भित्रको दक्षिणपन्थी संशोधनवाद, अकर्मण्यतावाद, सुधारवाद, ट्रेड युनियनवाद र अर्थवादका विरुद्ध व्यापक सैद्धान्तिक संघर्ष अगाडि बढाउदै भावी दिनमा नेपाली मजदुर आन्दोलनलाई विद्रोहमा परिणत गर्न आवश्यक छ । सत्ता वाहेक अन्य सबै भ्रम हो भन्ने मालेमावादी विचारसँग नेपाली मजदुर आन्दोलन जोडिनु आवश्यक छ । यही अभिभारा पुरा गरौ नेपाली मजदुर आन्दोलनको भविश्य उज्जवल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर