काठमाडौं । नेकपाका महासचिव विप्लवले पार्टीको जनजागरण अभियानमाथि प्रचण्ड–विमलेन्द्र सरकारले हस्तक्षेप गरेको भन्दै मंगरबार एक प्रेस वक्तव्य निकालेर त्यसको भत्र्सना गरेका छन् ।
उनले भनेका छन्, “शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ, जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं साथै कार्यक्रमहरुमा भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं ।”
वक्तव्यमा अगाडि भनेका छन्, “संसदवादी दलहरुले राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको नारा दिनरात भट्याइरहन्छन् त्यसमा पनि प्रचण्डको सरकार छ । विडम्वना ! उनीहरुले नै भन्ने गरेको राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै यस्तो हस्तक्षेप र दमन गरिएको छ । यो हस्तक्षेपले हाम्रो पार्टीले भनिरहेको नेपालमा जनताको राज्य व्यवस्था छैन । यहाँ प्रतिगमन र प्रतिक्रान्ति भएको छ भन्ने सत्यलाई नै प्रमाणित गरेको छ ।”































