काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको चेल्सी क्रिष्टल प्यालेससँग पराजित भएको छ ।

शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २–१ ले हराएको हो । खेलमा चेल्सीका सेस फाब्रिगासले गोल गर्दै अग्रता दिलाएपनि क्रिष्टलका क्रिष्टियन बेन्टेके र जाहाले ९ औं र ११ औं मिनेटमा गोल गर्र्दै चेल्सीलाई स्तब्ध पारे ।

शनिबारराति नै भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३–१ ले हरायो । लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरिगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनिङ्टनले एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई २–० ले हरायो भने हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले, लेष्टर सिटीले स्टोक सिटीलाई २–० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १–० ले हराएका छन् । म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्याम तथा साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ५९ अंकको साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर