एजेन्सी ।
चैत्र १० । फुटबल स्टार क्रिस्टियानो रोनाल्डो मैदानबाहिरको प्रसङ्गका कारण लगातार चर्चामा रहन्छन् । यस्तै एउटा नयाँ घटनालाई लिएर रियल म्याड्रिडका यी नायक एकपटक फेरि समाचारमा छाएका छन् । भनिन्छ, अहिले रोनाल्डो फेरि बुबा हुने भएका छन् र त्यो पनि जुम्ल्याहा छोराको । उनका ती दुई सन्तानकी आमा को हुन् भन्ने कुरा पनि अज्ञात नै छ ।
अनुमान गरिन्छ, ती महिला अमेरिकामा छिन् । ती महिलाले ‘सरोगेट मदर’ को भूमिका मात्र निर्वाह गरेकी हुन् । रोनाल्डोका यसअघि नै एक छोरा छन्, क्रिस्टियानो जुनियरका रूपमा । उनी पनि यस्तै सरोगेट मदरका तर्फबाट जन्मिएका हुन् र उनकी वास्तविक आमाका सम्बन्धमा अहिलेसम्म कुनै तथ्य बाहिर आएको छैन । रोनाल्डो आफैं भने अहिले सुन्दरी जर्जिनासँगको प्रेम सम्बन्धमा छन् ।