पाठ्यपुस्तक जिल्ला भित्रिन थाल्यो

पाठ्यपुस्तक जिल्ला भित्रिन थाल्यो

चैत्र ९, २०७३ । आगामी शैक्षिक सत्रका लागि विभिन्न जिल्लाका स्टेसनरी व्यवसायीले पाठ्यपुस्तक ल्याउन थालेका छन् । स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष दिनेश भट्टराईको अुनसार कक्षा १ देखि ९ कक्षासम्मको एक हजार थान पुस्तक जिल्ला आइसकेको बताए । १० कक्षाको भने १२ सय किताब झिकाइएको उनले बताए ।
भट्टराईका अनुसार बिक्री भने चैत १५ गतेपछि गरिनेछ । फोन र स्थानीय सञ्चार माध्यममार्फत यसबारे शिक्षकहरूलाई जानकारी गराएको उनले बताए ।
यो वर्ष स्थानीय तहको निर्वाचन भएकाले कति पुस्तक अभाव हुन्छ पछि थप गर्न समस्या हुने हुँदा विद्यालयलाई चाँडै लैजान अनुरोध गरेको उनले जनाए ।
जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाका अनुसार पाठ्यपुस्तकको पैसा पहिल्यै विद्यालयको खातामा राखिसकेको छ । सरकारले गत वर्षदेखि वैशाख ५ गतेलाई पुस्तक दिवस मनाउन थालेको छ । दिवसलाई भ्याउने गरी चैतभित्रै पुस्तक लगिसक्नुपर्छ ।

गत वर्ष केही विद्यालयले मात्रै त्यस दिन किताब बाँडेका थिए । सडक पहुँच भएको क्षेत्रसम्म व्यवसायी आफैंले पुस्तक र्पुयाइदिने बताएका छन् । त्यहाँबाट भने विद्यालयले नै ढुवानी गर्नुपर्छ । जिल्लाका व्यवसायीले संयुक्त रूपमा पुस्तक बिक्री गर्दै आएका छन् ।