आठ मुस्लिम देशबाट आउने विमानमा ल्यापटप समेत लान रोक

आठ मुस्लिम देशबाट आउने विमानमा ल्यापटप समेत लान रोक

एजेन्सी । अमेरिकी सरकारले मध्यपूर्वका आठ मुस्लिम बहुल देशबाट आउने हवाईजहाजमा ठूलो इलेक्ट्रोनिक उपकरण लैजान रोक लगाएको छ ।

अमेरिकी गृहमन्त्रालयले चरमपन्थीले हवाई जहाजलाई निशाना बनाउनका लागि नयाँ तरिकाको खोजीका लागेको भन्दै इलेक्ट्रोनिक सामान लैजान रोक लगाइएको हो ।

मन्त्रालयका अनुसार ल्यापटप, ट्याब्लेट, डीभीडी र इलेक्ट्रोनिक गेममा बम लुकाएको हुनसक्ने भन्दै रोक लगाइएको हो । यसको केही घन्टामा नै बेलायतमा पनि यस्तै प्रतिबन्ध लगाइएको छ ।

बेलायतको यो कदम पनि अमेरिकासँगको समन्वयमा चालिएको बताइएको छ । यो नयाँ रोकले ९ एयरलाइन्स र १० एयरपोर्ट प्रभावित हुनेछन् । नयाँ नियममा मोबाइल फोनलाई भने छुट छ ।

यसबाट रोयल जोर्डियन, इजिप्ट एयर, टर्किस एयरलाइन्स, साउदी अरब एयर, कुवेत एयर, रोयल एयर मारोक, कतार एयरवेज, इमिरेड्स र इत्तिहाद एयरवेज प्रभावित हुनेछन् ।

अमेरिकी अधिकारीहरुले यी सबै एयरलाइन्सलाई यो रोक लगाउन ९६ घन्टाको समय दिइएको छ । टर्की सरकारले अमेरिकी रोकको आलोचना गरेको छ ।

यसै विषयलाई लिएर अमेरिकी गृहमन्त्री जोन केलीले संसदको बैठक बोलाएका छन् । केही सातासम्म यो रोकको अनुगमन गरिनेछ ।