एजेन्सी । चिकित्सकहरुले कोलेस्ट्रोल कम गरेर हृदयघात र स्ट्रोकमा अप्रत्यासित रुपमा कमी ल्याउने औषधी पत्ता लगाएको दाबी गरेका छन् ।
यो औषधी २७ हजार विरामीमा गरिएको परीक्षण सफल भएपनि अब सबै विरामीमा प्रयोग गर्न सकिनेछ ।
ब्रिटिस हार्ट फाउण्डेशनले यसले संसारकै सबैभन्दा खतरनाक विराममध्ये एक हृदयघातसँग संघर्षमा एक ठूलो कदम भएको जनाएको छ ।
हरेक वर्ष संसारमा करिब डेढ करोड मानिस हृदयघात या स्ट्रोकका कारण मर्ने गरेका छन् ।
हृदयघातका रोगीलाई कोलस्ट्रोललाई खलनायकको भूमिका निभाउछ । यसका कारण रगत धमनीमा ब्लक हुँदा मुटुदेखि मस्तिष्कसम्म अक्सिजन पुग्न मुस्किल हुन्छ र हृदयघातको वातावरण बन्छ ।
यसका कारण लाखौं मानिसहरु स्टेटिन्स नामको औषधी सेवन गर्दछन् र खराब कोलेस्ट्रोलको मात्रा घट्दछ । मुटुको विरामसँग लड्ने नयाँ औषधीको इभोलोक्युम्याब हो ।
यो औषधीले कलेजोको काम गर्ने तरिकामा परिवर्तन ल्याउछ र खराब कोलेस्ट्रोलमा पनि कमी ल्याउँछ । इम्पिरियल कलेज लण्डनका प्रोफेसर पिटर सेवर भन्छन्, ‘यो औषधी स्टेटिन्सको तुलनामा ज्यादा असरदार छ ।’
उनले औषधी कम्पनी ऐमजेनबाट आएको पैसाको मद्दतमा बेलायतमा औषधीको परीक्षणको व्यवस्था गरेका थिए । ट्रायलमा सामेल विरामीले पहिले स्टेटिन्स सेवन गरिरहेका थिए र नयाँ औषधीले उनीहरुमा हृदयघातको खतरा कम भएको पाइएको छ ।
प्राध्यापक सेवरले यो औषधीले पहिलेको तुलनामा हृदयघातको खतरा २० प्रतिशत कम गर्ने उल्लेख गरे । शोधबाट दुई वर्षको ट्रायमा नयाँ औषधी सेवन गरिरहेका हरेक ७४ विरामीमध्ये १ जनामा हृदयघात र स्ट्रोक रोक्न सकिने देखिएको छ ।
यो औषधीले साँच्चै कसैको जीवन नै बचाउछ भनेर भनिहाल्नु भने अहिले नै हतार हुनेछ । इभोलोक्युम्याब एक रोग प्रतिरोधक हो जसको माध्यमबाट हाम्रो इम्युन सिस्टमलाई संक्रमणबाट बचाउन सकिन्छ ।