मार्चपासमा हजारौं क्रान्तिकारी युवाहरु निस्किए सडकमा (फोटोफिचर)

मार्चपासमा हजारौं क्रान्तिकारी युवाहरु निस्किए सडकमा (फोटोफिचर)

काठमाडौं । ‘कञ्चनपुर र सप्तरी हत्याकाण्डको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं !!’ भन्ने मूल नाराका साथ साँस्कृतिक प्रतिरोध दिवस तथा विरोध प्रदर्शन कार्यक्रमन्तर्गत आज अर्थात् चैत्र ५ गते नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन ‘क्रान्तिकारी युवा लिग’को नेवा राज्यको आयोजनामा हजारौं युवाहरु मार्चपासमा सहभागी बनेका छन् ।

पूर्व निर्धारित समय अनुसार दिउसो साढे १ बजे खुल्लामञ्चबाट क्रान्तिकारी युवाहरुको मार्चपास सुरु भएको छ । झण्डा, व्यानर र क्रान्तिकारी युवा लिग लेखिएको ज्याकेट लगाएका युवायुवतीहरु मार्चपासमा सहभागी बनेका छन् । मार्चपास अहिले पुतलीसडकबाट पद्मोदयमोड हुँदै अगाडि बढिरहेको छ । प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर मार्चपास सभामा परिणत हुँदैछ । कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले सम्बोधन गर्दै छन् । मार्चपास मार्चपासमा युवाहरुले भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध चर्को नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रतिरोध आन्दोलनमा जुट्न आम युवाहरुलाई आव्हान गरेका छन् ।