अब अनलाइनबाटै खरिद गर्नुहोस् गाडी र स्कुटर

अब अनलाइनबाटै खरिद गर्नुहोस् गाडी र स्कुटर

काठमाण्डौं । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा गाडीहरुको अनलाइन बुकिङ सुरु गरेको छ ।
यस अन्तर्गत महिन्द्राका एक्सयुभी ५००, टियूभी ३००, केयूभी १००, स्कोर्पियो, थारका साथै महिन्द्रा गस्टो स्कुटरको अनलाइन बुकिङ सुरु गरिएको हो। कम्पनीका अनुसार यो सुविधा हालको लागि उपत्यका र विदेशमा मात्र दिइने छ । www.onlineangi.com वेवसाइटमा महिन्द्रा गाडीका बारेमा सबै जानकारी राखिएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
कम्पनीका अनुसार वेवसाइटमा गाडीका मोडलहरु र मूल्यबारे जानकारी दिइएको छ । कुनै मोडेल मन परेमा इ(सेवाबाट खरिद गरी भौचर लिन मिल्ने समेत बिज्ञप्तीमा उल्लेख छ।