दब्लोपनले सताएको छ भने यी कुराहरु गर्नुहोस् मोटाउन

दब्लोपनले सताएको छ भने यी कुराहरु गर्नुहोस् मोटाउन

मानिसको जीबनमा एउटा महत्वपूर्ण पक्ष हो उसको आउट लुक्स (फिटिङ बडी) राम्रो भयो भने मात्र मानिसलाई अरुको सामु सहज रुपमा प्रस्तुत हुन सक्दछ । मानिसलाई यो कुराले सारै नै तनाव दिई रहेको हुन्छ । साधारणतया पुरुषहरुको डाइट राम्रो हुने देखिन्छ तर केही पुरुष यस्ता पनि छन् जसलाई अत्यधिक भोक लाग्छ, उनीहरु मज्जाले खाना पनि खान्छन् तर पनि तौल बढाउन असमर्थ हुन्छन् । यस्ता मानिसहरुलाई के गर्दा तौल बढ्छ भन्ने कुरा नै थाहा हुँदैन । जो पुरुष आफ्नो तौल बढाउन इच्छुक छन् उनीहरुले आफ्नो डाइट प्लानमा विशेष ध्यान दिनुपर्छ ।

आफ्नो दुब्लो शरिरबाट कसरी छुटकारा पाउने र फिट देखिने । यो कुरा गर्नुहोस् ।
१. तौल बढाउन चाहने पुरुषले दिनमा तीनपटक खाना खानुपर्छ । साथै खाना खानुभन्दा अघि र खाइसकेपछि वर्कआउट गर्न नबिर्सिनुहोस् ।
२. खानामा क्यालोरीमा मात्रा बढाउनुहोस् ।

३. शारिरिक ऊर्जा पाउनका लागि र अत्यधिक ऊर्जा पाउनका लागि तपाईंले आफ्नो खानामा कार्बोहाइड्रेटको मात्रा बढाउनुपर्छ । यसका लागि तपाईंले भात, पास्ता, फलफूल र सागसब्जीको सेवन गर्न सक्नुहुन्छ ।

४.आफ्नो खानाबाट फ्याटी खाद्य पदार्थ निकालेर प्रोटिनले भरपुर खाद्य पदार्थ समावेश गर्नुहोस् ।

५.स्वास्थ खानपानले तपाईं सजिलै आफ्नो तौल बढाउन सक्नुहुन्छ ।

६.सागसब्जी, फलफूल, ब्राउन राइस, गहुँजस्ता पोषक तत्वयुक्त खाद्य पदार्थ तौल बढाउन प्रभावकारी हुन्छन् ।

७.दुईवटा ब्राउन ब्रेड ध्यूसँग, तीनवटा अण्डाको अम्लेट, पनिरको टुक्रा र सागसब्जी । सलाद, जूस, सूपलाई पनि आफ्नो खानामा समावेश गर्नुहोस् ।

८.तपाईं मासुको सेवन गर्नुहुन्छ भने तपाईंको तौल निकै सजिलै बढ्छ ।

९.तौल बढाउनका लागि तारेको पापड, अचार, कोल्ड ड्रिङ्क्स, चिप्स, जंक फूडजस्ता खानेकुरा खानबाट बच्नुहोस् ।

उचित क्यालोरी, प्रोटिन र कार्बोहाइड्रेटका साथै तपाईंलाई उचित व्यायामको पनि आवश्यकता छ । तपाईं स्वस्थ भोजनको दिनचर्या पालन गर्नुहोस् र स्वस्थ रुपमा आफ्नो तौल बढाउनुहोस् ।