चैत्र ३, २०७३ । दुर्लभ मानिएको बन्यजन्तु मध्येको एक रेड पाण्डाको छालासहित प्रहरीले दाङबाट तीन जनालाई तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराहीका भरत चौधरी, तुलसीपुरका प्रताप बुढाथोकी र रुकुमको क्राँकी ४ का पुनराज पुन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलीले गएराति उनीहरुलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीले बताउनुभएको छ । नेपालमा बन्यजन्तुको चोरी शिकारी तीव्र रुपमा बढ्दो छ ।