सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु

सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु भएको छ ।

देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाका लागि काठमाडौमा सबैभन्दा बढी ९६ वटा र मनाङ र मुस्ताङमा एक÷एक वटा केन्द्र तोकिएको छ भने देशैभर गरेर एक हजार नौ सय २३ केन्द्रध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्रध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको पनिका स्रोतले जनाएको छ ।