मिथिला राज्यस्तरीय प्रशिक्षणबाट प्राप्त अनुभूति र शिक्षा

मिथिला राज्यस्तरीय प्रशिक्षणबाट प्राप्त अनुभूति र शिक्षा

२०७३ फाल्गुन १४ गतेदेखि १७ गते सम्म नेकपा (क्रान्तिकारी माओवादी) मिथिला राज्यस्तरी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । प्रशिक्षण कार्यक्रमको आयोजना नेकपा (क्रान्तिकारी माओवादी) मिथिला राज्य समन्वय समितिले गरेको थियो । कार्यक्रम सिराहा जिल्लाको गोलबजार स्थित उद्योग व्यापार वाणिज्य महासंघको हलमा आयोजना भएको थियो । यस प्रशिक्षणको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय कार्यालय सदस्य तथा देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेल ‘गौरव’ ले गर्नु भएको थियो । सहभागी संख्या ३६ जना रहेको थियो । यो आवसीय रुपमा संचालन गरिएको थियो । खाने, बस्ने, र प्रशिक्षण सबै कार्यक्रम उक्त भवनमै व्यवस्था मिलाइएको थियो ।
प्रशिक्षणका विषयहरु : 
१) दर्शन, २) राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरु समाविष्ट गरिएका थिए ।
प्रशिक्षकहरु
– दर्शनको विषयमा हस्तबहादुर के.सी.
– राजनीतिक अर्थशास्त्रमा  परि थापा
– वैज्ञानिक समाजका विषयमा सी.पी. गजुरेल गौरव
परि थापाले केहि दर्शन अन्तर्गतका विषयहरु लिनु भएको थियो । कार्यक्रमको समग्र पाटोको विश्लेषण गर्दा निकै व्यवस्थित र सबैका लागि शिक्षाप्रद रहेको छ ।
उद्घाटन कार्यक्रमको उदघाटन प्रमुख अतिथि समेत रहनु भएका क. गौरवले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको उद्देश्यहरुबाट केन्द्रीय पार्टी स्कुल विभागका प्रमुख क. परि थापाले प्रकाश पार्नु भएको थियो र सभापतित्व मिथिला राज्य समन्वय समितिका संयोजक क. कृष्णदेव दनुवारले गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरुलाई सोही समितिका सह–संयोजक क. रोशन जनकपुरी ‘लाल’ ले गर्नु भएको थियो । कार्यक्रम संचालन केन्द्रीय पार्टी स्कुल विभागका सचिव क. हस्त बहादुर के.सी. ले गर्नु भएको थियो ।
माक्र्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजका आधारभूत सिद्धान्तहरुलाई समेटेर पार्टीले
१) प्रारम्भिक तह
२) विस्तृत तह,
३) विशिष्ट तह
४) अनुसन्धानात्मक तह
यस प्रकारले चार तहको कोष निर्धारण गरेर देशव्यापी रुपमा लागु गरिएको छ ।
– प्रारम्भिक तहलाई जिल्ला स्तर
– विस्तृत तहलाई राज्यस्तर
– विशिष्ट तहकोलाई केन्द्रीय स्तरको
– अनुसन्धानात्मक तहलाई अलग्गै कोर्षको व्यवस्था गरेको छ ।
मिथिला प्रशिक्षण राज्यस्तरको कोर्ष अन्तरगतको प्रशिक्षण भएकाले हामीले विस्तृत तहको कोर्षमा आधारित रहेर प्रशिक्षणका विषयहरु प्रस्तुत गरेका थियौं ।
पार्टी स्कुलिङलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको नेता, कार्यकर्ताहरुको वैचारिक, सैद्धान्तिक, दार्शनिक राजनीतिक आदि विषयहरुमा स्तर वृद्धि गर्ने, गराउने थलोको रुपमा हेरिन्छ । पार्टी नीति र निर्णयानुसार पार्टी नेता, कार्यकर्ताहरुलाई सुव्यवस्थित र वैज्ञानिक ढंगले प्रशिक्षित तुल्याउने कामको प्रारम्भ रुसमा लेनिनले गर्नु भएको थियो भने यसलाई साँच्चिकै व्यवहारिक रुप दिने काममा चीनमा क. माओले गर्नु भएको थियो । विश्वका अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले पनि व्यवस्थित खालले आफ्ना कार्यकर्ताहरुलाई स्कुलिङ गरेको पाइन्छ ।
जुनसुकै मुलुकमा भएपनि क्रान्तिको नेतृत्व गरि रहेको कम्युनिष्ट पार्टीका लागि लाल र निपुण दुवै गुणले युक्त कार्यकर्ताहरु मुख्य साधानको रुपमा लिइन्छ । त्यसो भएर पार्टी स्कुलिङलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुलाई दार्शनिक, वैचारिक, सैद्धान्तिक, राजनीतिक आदि विषयमा खार्ने एउटा वैज्ञानिक भट्टिको रुपमा लिइन्छ ।

पार्टी पनि छ, उसले लिएको नीति पनि सही छ, नेताहरु पनि छन्, इतिहासमा राम्रो छ तर कार्यकर्ताहरु भने माक्र्सवादका तीनवटै अंग दर्शन, राजनीतिक शास्त्र र वैज्ञानिक समाजवादका आधारभूत सिद्धान्त प्रति अनभिज्ञ छन्, पार्टीले उनीहरुलाई सुव्यवस्थित ढंगले स्कुलिङ गराएको छैन, उनीहरुसँग कुनै विश्व दृष्टिकोण पनि छैन, क्रान्तिकारी नैतिकता र सर्वहारावर्गीय आचारण र व्यवहार उनिहरुसँग छैन, देश, जनता र पाटीृका लागि समर्पित नेता, कार्यकर्ताहरुको विशाल पंक्ति खडा गर्न सकिएको छैन भने त्यस प्रकारको क्रान्तिकारी भनिने कम्युनिष्ट पार्टीले देश र जनताको मुक्तिको नेतृत्व गर्न असम्भव हुन्छ ।

जो अहिले नेपालको समग्र भएको वादी आन्दोलनमा पैदा भएको छ । यस प्रकारको पार्टीले क्रान्तिको नेतृत्व गर्न पनि असंभव हुन्छ । क्रान्ति पुरा गर्ने कार्य त धेरै परको विषय हो र अति कठिन कार्यभार पनि हो । तर यो ऐतिहासिक कार्यभार एउटा समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र पुरा गर्न सक्छ जोसित वैचारिक, सैद्धान्तिक, दार्शनिक, राजनीतिक आदि विषयले सुसज्जित भएका विशाल नेता, कार्यकर्ताहरुका विशाल पंक्ति खडा भएको हुन्छ ।

यिनै उद्देश्य र लक्ष्यहरु पुरा गर्ने महान नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने उद्देश्यले गठित हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले केन्द्रीय स्तरमा, राज्य स्तरमा र जिल्ला स्तरमा गरि तीन तहको पार्टी स्कुल विभाग गठन गरेर हरेक तहमा स्कुलिङ गर्नका लागि निश्चित कोर्षको व्यवस्था गरेको छ ।

अहिले भर्खरै हामीले केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट मिथिला राज्यस्तरीय ४ दीवसीय स्कुलिङ गरेर फर्केका छौ । यो भन्दा पहिलो दुई दुई पटक नेवाः राज्य स्तरीय स्कुलिङ संचालन गरेका थियौं । केन्द्रीय पार्टी स्कुल विभागले एउटा प्रशिक्षण कक्षमा ३० जनादेखि ५० जना समावेश गराउन सकिने व्यवस्था गरेको छ । जिल्ला स्तरको कोर्षमा ५ दिनको समय, राज्य स्तरको कोर्षमा ७ दिनको अवधि निर्धारण गरिएको छ भने केन्द्रीय स्तरमा विषयका आधारमा केन्द्रले निर्धारण गरे बमोजिम गर्ने व्यवस्था छ ।

केन्द्रीय पार्टी स्कुल विभागले काठमाडौंमा स्थायी पार्टी स्कुलिङ संचालन गर्ने र घुम्ति स्कुलिङका लागि देशभरि र विदेश प्रवासमा समेत संचालन गर्न सक्ने व्यवस्था गरेको छ । हामीले अहिले मिथिला राज्यस्तरीय स्कुलिङ समयावधि ४ दिनको रहयो भने आवसीय स्कुलिङ संचालन ग¥यौं । समय र छलफल गर्ने वातावरणको लागि आवसीय स्कुलिङ सबैभन्दा वैज्ञानिक लाग्यो ।

राज्यस्तरको स्कुलिङमा ५० जना सहभागी गराउन सकिने व्यवस्था भएकोमा त्यहाँ ३६ जना सहभागी हुनुभयो । त्यस राज्य अन्तर्गत कार्यरत केन्द्रीय समितिका सदस्यहरु पनि उक्त स्कुलिङमा सहभागी हुनु भयो । जिल्ला स्तरको अर्थात प्रारम्भिक तहको स्कुलिङको व्यवस्था नभइसकेका कारण राज्य स्तरमा सहभागी हुने कमरेडहरुको वैचारिक स्तर असमान रहने कुरा स्वभाविक भयो ।

नियमित रुपमा स्कुलिङ संचालन हुदै नआएको र छोटै अवधिमा केन्द्रीय पार्टी स्कुल विभागलाई खबर आएका कारण एकातिर प्रशिक्षकहरुले प्रशिक्षणका विषयहरु प्रति आवश्यक अपडेट गर्ने र तयारी गर्ने समय कमै रहयो । अर्को तिर सात दिनको कोर्षलाई चार दिन मै सक्नु पर्ने भएकाले सहभागीहरुलाई सरल ढंगले बुझाउने काममा अलि अप्ठ्यारो नै महसुस गरियो । सात दिनको कोर्षलाई घटाएर चार दिनका लागि ट्याक्क पारेर प्रस्तुत गर्ने कार्यमा प्रशिक्षकहरुमा कमि नै रहयो, जसले गर्दा सहभागीहरुले बुझ्ने पनि अलि गाह्रो हुने भयो नै ।

आजसम्म कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिद्धान्त प्रति स्कुलिङ नगराइएका सिद्धान्त र पदावलीहरुमा सामान्य ज्ञान नभएको र कार्यकर्ताहरुमा माक्र्सवादका कारण एकाएक ती विषयहरुमा स्कुलिङ गर्दा सहभागीहरुले सजिलै बुझ्न नसकेको पाइयो । सहभागीहरुबाट अनुभूति प्रस्तुत गर्ने मौका दिइएको थियो एक जना सहभागीले त केही पनि बुझ्न सकिन भन्ने अनुभूति सुनाउनु भएको थियो ।
यस प्रशिक्षणबाट हामीलाई पनि के अनुभूति र शिक्षा मिलेको छ भने :
१) प्रशिक्षकहरुले पनि समय र परिस्थिति बमोजिम आफ्नो विषयको कोर्षलाई सहभागीहरुलाई सजिलो तरिकाले बुझाउन सक्ने गरि स्कुलिङ गर्न पूर्व तयारी प्रसस्त मात्रामा गर्नु पर्ने ।
२) पार्टीले देशव्यापी रुपमा राज्यस्तरमा र जिल्ला स्तरमा पार्टी स्कुल विभाग गठन गर्ने र नियमित रुपमा स्कुलिङ सञ्चालन गर्ने ।
३) जिल्ला स्तरमा स्कुलिङ गराइएकाहरुबाट बढि भन्दा बढि मात्रामा राज्यस्तरको स्कुलिङमा सहभागी गराउने अनिवार्य ।
४) स्कुलिङको व्यवस्था आवासीय नै गर्दा बढि व्यवहारिक हुने देखियो ।
५) पार्टी पक्तिमा मात्र होइन जवसा मोर्चा लगायत हरेक संगठनहरुले स्कुलिङ संचालन गर्नु पर्ने ।
६) हरेक तहका स्कुल विभागहरुलाई पुर्नव्यवस्थित गर्नु पर्ने ।
७) जिल्ला तथा राज्य स्तरका कार्यकर्ताहरुलाई प्रशिक्षित तुल्याउनु भन्दा पहिले केन्द्रीय समितिका सदस्यहरुलाई अनिवार्य रुपमा प्रशिक्षित तुल्याउनु पर्ने ।
८) जिल्ला स्तरका, राज्य स्तरका र केन्द्रीय समितिका सदस्य समेत सहभागी बनाएर गर्ने स्कुलिङ अवैज्ञानिक र अव्यवहारिक बन्न जाने खतराबाट स्कुलिङलाई जोगाउन अनिवार्य देखिन्छ ।
हामीले देशव्यापी रुपमा र प्रबास तथा विदेशमा समेत स्कुलिङ सञ्चालन गर्नु पर्ने भएकाले माथि उल्लेख गरिएका अनुभूति र शिक्षाहरुबाट थप पाठ सिकेर स्कुलिङका हरेक तह र स्तरलाई बढि भन्दा बढि वैज्ञानिक र व्यवहारिक गराउदै लैजानु पर्ने देखिन्छ ।

(लेखक नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय पार्टी स्कुल विभागका सचिव तथा प्रशिक्षक हुन् ।)