चितवन । ‘अखिल (क्रान्तिकारी) मोहन वैद्य’ चितवनले स्ववियू निर्वाचन हुने कजेजहरुमा स्ववियू सभापतिको टुङ्गो लगाएको छ । फाल्गुण १८ मा हुने स्ववियू चुनावका लागि जिल्लामा रहेका १३ वटा मध्ये १० वटा क्याम्पसमा सभापति पदका लागि उमेद्वारको टुंगो लगाएको हो ।
संगठनका जिल्ला संयोजक अमित सापकोटा‘अवीरल’ले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा जनाए अनुसार माडी बहुमुखी क्याम्पसमा एलिना पोखरेल, बुद्धशान्ति सामुदायिक कलेजमा कमल प्रजा, जनआदर्श बहुमुखी क्याम्पसमा रोशन तामाङ, भुवानीशंकर बहुमुखी क्याम्पसमा समिर वस्नेत, शहिद स्मृती बहुमुखी क्याम्पसमा अनिस खनाल, बालकुमारी कलेजका लागि दिपक पोखरेल, सप्तगण्डकी बहुमुखी क्याम्पसका लागि कृष्ण सुनार, उमाबडी आदर्श शेरचनका लागि रोशन महत्तो, अरुणोदय कलेजमा हेम बहादुर थापा र सहिद स्मारक कलेजका लागि ममताज मिँयालाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरिएको छ ।
वक्तव्यमा ‘अखिल (क्रान्तिकारी) मोहन वैद्य’ अन्य संगठनहरुभन्दा क्रान्तिकारी रहेकोले घोषित उम्मेदवारहरुलाई विजयी गराउन आम विध्यार्थीहरुमा अपीलसमेत गरिएको छ ।