बाग्लुङ । नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङ गलकोट एरियाले बाग्लुङ–बुर्तिबाङ मध्यपहाडी लोकमार्गअन्तर्गत शाखा लाईन अम्मरभुमी, अर्गल, हिल, तारखोला जाने मोटरबाटोमा संचालित भाडाका गाडीहरुले उपभोक्ताहरुबाट जथाभाबी भाडा असुल गर्ने गरेको भन्दै उक्त कार्यलाई तुरुन्त बन्द नगरी अटेर गरेर जथाभावी भाडा असुल गरेमा कारबाही गर्न बाध्य हुने जनाएको छ । पार्टीका जिल्ला संयोजक ऋषिराम रोकामगरले हालै एक विज्ञप्ती जारी गरी धौलागिरी जिप व्यवसायी समितिले निर्धारण गरेको भाडादर कायम नगरी यात्रुसँग आफूखुशी जथाभावी भाडा असुल गरे पार्टी कारबाहीमा उत्रने चेतावानी दिएका छन् ।
यसैबीच, संयोजक रोकामगरले २०७३ साल माघ २० गते अर्गल मा.वि. अर्गलको विद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेलामा आफ्नो पार्टीका पूर्व केन्द्रीय सल्लाकार अमृत घर्तिमगरलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरेको दुव्र्यवहारप्रति कडा शब्दमा निन्दा एवम् घोर भत्र्सना गरेको छ ।