काठमाडौं । ५ माघ, २०७३ बाट चैत्र मसान्तसम्म तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान लिएर नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र पार्टीका जनवर्गीय संगठन तथा जातीय मोर्चाहरु जनता बीचमा गएको एक महिना पूरा भइसकेको छ । यस बीचमा पार्टी, देजमो, नेपाल, जनवर्गीय संगठन र जातीय÷क्षेत्रीय मोर्चाहरुको देशैभरि सैयौं संगठनहरु निर्माण गरिएका छन्, कतिपय जबस÷मोर्चाका राष्ट्रिय, राज्य र जिल्ला भेला÷सम्मेलन गरी संगठन सुदृढ पारिएका छन्, यसै अवधिमा पर्न गएका दुई ठूला दिवसहरु ‘जनयुद्ध दिवस’ र ‘अक्टोबर क्रान्तिको सतबार्षिकी’ पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएका छन् । अक्टोबर क्रान्तिको शतबार्षिकी पारेर पोखरामा गरिएको वृहद् अन्तक्र्रिया उल्लेखनीय रह्यो । पार्टीको सचिवालय र देजमोको केन्द्रीय समितिको बैठक यसैबीचमा सम्पन्न भएका छन् । यसै अवधिमा संगठन र जनपरिचालनले तीव्रता पाएको छ । विगतमा माओवादी आन्दोलन तथा कम्युनिष्ट आन्दोलनमा लागेर निष्क्रिय बसेका नेता कार्यकर्ताहरु सक्रिय भएर पार्टीमा आवद्ध हुन पुगेका छन् भने अन्य पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुको पनि लहर नै चलेको छ । यसै अवधिमा पार्टी निकट अखिल (क्रान्तिकारी) स्ववियूको निर्वाचनमा होमिएको छ भने क्रान्तिकारी पत्रकार महासंघ पनि नेपाल पत्रकार महासंघको चुनावमा सहभागी बनिरहेको छ

अभियानले आम श्रमजीवि शोषित–उपीडित जनतामा पार्टी, देजमो र जबस÷मोर्चाका नीति, कार्यक्रम स्पष्ट पार्न महत्वपूर्ण भूमिका खेलेको छ भने पार्टीप्रति जनतामा रहेको भ्रम र संसदवादीहरुप्रतिको भ्रम पनि चिरिदै गएको छ । अधियानकै बीचमा पोखराको सस्तो बजारमा भएको स्वरोजगार व्यावसायीमाथि विचौलियाले गरेको अन्यायका विरुद्ध पार्टी, देजमो र मजदुर संगठनले प्रभावकारी हस्तक्षेप बढाउन सफल भएको छ भने देशका अन्य भागमा भएका जनविरोधी क्रियाकलापका विरुद्ध संगठनले संघर्षको पनि पहल लिएको छ । यसरी समग्रमा अभियानले क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अन्य जबस÷मोर्चालाई जनताबीचमा पु¥याएर स्थापित गराउनमा महत्वपूर्ण भूमिका खेलेको छ र आन्तरिक आत्मगत स्थितिलाई मजबुत बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
पछिल्लो चरणमा भएका सांगठानिक गतिविधिलाई यहाँ अपडेट गरिएको छ :

जनसाँस्कृतिक महासंघ नेवाः राज्य संयोजकमा गौरी दाहाल

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघको एक भेलाले नेवाः राज्य समितिको संयोजकमा गौरी दाहाललाई चयन गरेको छ । भेलाले दाहालको संयोजकत्वमा ३१ सदस्यीय आयोजक समिति गठन गरेको छ । सो आयोजक समितिका सदस्यहरुमा क्रमशः छायादत्त न्यौपाने, डा.विदुर वस्ती, असल पाख्रिन, विष्णु नेम्वांग, ईश्वरी गुरागाईं, विमला चन्द, अनिस योञ्जन, विष्णु न्यौपाने, वसन्त राज उप्रेती, सफल राग सोडारी, असल वाइवा, रुषा जिम्बा, मदन योञ्जन, अमित योञ्जन, देछेन वांग्मोलामा, अनिल स्यांबो, जय दाहाल, पेमा वांबोलामा, गोविन्द थिंग, कुमार पूर्बेली, दिपक भन्डारी, प्रीतम थापा, क्षितिज गुरुङ, चेतन गोतामे, बिशाल योञ्जन, सुनमाया वाइवा लगायत रहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा नेवाः राज्य संयोजक दिनेश शर्मा‘सागर’को विशेष आतिथ्यता र अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा समालोचक डा.जगदीशचन्द्र भन्डारी, साहित्यकार हिरामणी दुस्खी, बसन्त बोगटी र शिवसुन्दर शाहीको उपस्थिति रहेको थियो ।

अनेमसंघ (क्रान्तिकारी) अवधमा निमकला पुनमगर

बुटवल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को एक भेलाले अवध राज्यकोे संयोजकमा निमकला पुनमगरलाई संयोजकमा चयन गरेको छ ।

सोमबार बुटवलमा सम्पन्न भेलाले पुनमगरको संयोजकत्वमा नौ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) अवध राज्यको नयाँ कार्यसमिति चयन गरेको हो । सो समितिका सदस्यहरुमा क्रमशः दिपा सिटौला, गिता पाण्डे, उर्मिला थापा, शान्ता मरासनी, कल्पना गौतम, चीजा श्रीस र पुष्पा वि.क. रहेका छन् ।

भेलाको उद्घाटन संघकी केन्द्रीय सहसंयोजक अम्बिका मुडभरीले गरेकी थिइन् भने भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीको विशेष उपस्थिति रहेको थियो । संघले काठमाण्डौमा फागुन २५, २६ र २७ गते गर्न लागेको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा राज्य भेला गरेको जनाएको छ । यस्तै, संघले फागुन १४ गते नवलपरासी तथा २० गते रुपन्देहीको भेला सम्पन्न गर्ने तय गरिएको नेता निमकला पुनले बताइन् । राष्ट्रिय भेलालाई भव्य रुपमा सम्पन्न गर्न संघले सदस्यता वितरण, आर्थिक संकलन, प्रचा–पम्पेट, जनभेटघाट, प्रतिनिधि–प्रर्यवेक्षक चयन लगायतका कार्यलाई अगाडि बढाइरहेको जनाएको छ ।

अनेमसंघ (क्रान्तिकारी)को भक्तपुरमा अप्सरा मगर, ललितपुरमा टिका राई

प्रविण त्वन्जु

भक्तपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अप्सरा मगरको अध्यक्षतामा १५ सदस्यीय भक्तपुर जिल्ला संगठन समिति गठन गरेको छ । शनिबार गठन भएको सो १५ सदस्यीय समितिमा उपाध्यक्ष राधा सितिखु, सचिव अप्सरा कार्की, कोषाध्यक्ष दिलमाया तामाङ र सदस्यहरुमा क्रमशः यशोदा बस्नेत, मसली तामाङ, रचना नेपाली, अनिसा थिंग, मनकुमारी राई, कविता श्रेष्ठ, उर्मिला तामाङ, अञ्जली तामाङ लगायत रहेका छन् ।, यसबीच, अनेमसंघ (क्रान्तिकारी)को ललितपुरको एक भेलाले टीका राईको संयोजकत्वमा ९ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) ललितपुर जिल्ला समितिको गठन गरेको छ ।

देजमो बुढानिलकण्ठ नगर कमिटि गठन

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको एक भेलाले बुढानिलकण्ठ नगर समिति गठन गरेको छ । भेलाले बुढानिलकण्ठ नगर समितिको देजमो संयोजकमा मानसिंह लामालाई चयन गरेको छ । लामाको संयोजकत्वमा १३ सदस्यीय देजमो बुढानिलकण्ठ नगर समिति गठन गरेको भेलाले सहसंयोजकमा सह–संयोजक नेत्रबहादुर अधिकारी, सचिव कुमार मगराती र सदस्यहरुमा क्रमश ः डल्ले नगरकोटी, बिजय तामाङ, हर्कमान लिम्बू, रविन्द्र राई, धनबहादुर राई, विशाल तामाङ, जीवन घिमिरे, एजिसा घिमिरेलाई चयन गरेको छ । स्थानीय पार्टी नगर समितिका संयोजक शेखरनाथ आचार्य तथा सहसंयोजक देवीप्रसाद अधिकारीको उपस्थिति रहेको उक्त भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का राज्य सदस्य तथा तथा देजमोका केन्द्रीय सदस्य खगेन्द्र छन्त्याल, पार्टी केन्द्रीय सल्लाहकार तथा स्थानीय नगर इन्चार्ज पदम भण्डारीको उपस्थिति रहेको थियो ।

क्रान्तिकारी सेक्युरिटी संघको काठमाडौंमा चन्द्रसिंह बडाल

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघको काठमाडौँ जिल्ला भेलाले चन्द्रसिंह बडाललाई जिल्ला अध्यक्षमा चयन गरेको छ । सैयौंको संख्यामा सेक्युरिटी मजदुरहरुको उपस्थितिमा भएको भेलाले बडालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो । भेलाले क्रान्तिकारी सेक्युरिटी संघ काठमाडौंका उपाध्यक्षहरुमा क्रमशः भिम सुर्खेती, चन्द्र श्रेष्ठ र कृष्ण आचार्य, सचिवमा गणेश भट्ट, सह–सचिवहरुमा क्रमशः प्राविण पन्त, केदार थापा, रमेश नेपाली र कृष्ण थापा मगर र कोषाध्यक्षमा शेर बहादुर सिंहलाई चयन गरेको छ भने सदस्यहरुमा क्रमशः सिमा बस्याल, हेमन्त सापकोटा, शुसन राई, सुर्य नेपाल, धन मान श्रेष्ठ, पदम लुइँटेललगायत चयनमा परेका छन् ।
चन्द्र शिंह बडालको सभापतित्वमा भएको सो भेलाको संचालन रमेश रोक्काले गरेका थिए भने भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यता, पार्टीका नेता भरत बुर्जा मगर बिशेष आतिथ्यता तथा सेक्युरिटी संघका केन्द्रीय अध्यक्ष ठमान शिंह तामाङ लगायत सेक्युरिटी संघका केन्द्रीय पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले पनि अभियान चलाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले देशैभरिबाट काठमाण्डौ आएर अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुलाई मञ्चमा आबद्ध गराउन सांगठानिक अभियान चलाउने भएको छ । मञ्चको फाल्गुन ७ मा बसेको बैठकले ७२ जिल्लाबाट उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर) आई स्थायी वा अस्थायी रुपमा बसोवास गरी विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका देशभक्त, जनगणतन्त्रवादी, आमुल परिवर्तनका पक्षपातीहरुलाई संगठित गर्ने निर्णय गरेको हो । जसको निम्ति सदस्यता वितरण अभियानलाई व्यापक बनाउने, क्रान्तिकारी माओवादीले लिएको नीति, योजना र कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गर्ने र संगठन विस्तार तथा सुदृढीकरणलाई अभियानको रुपमा घनिभुत ढंगले अघि बढाउने निर्णय समेत गरेको मञ्चका संयोजक हरिकृष्ण गजुरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार