पाकिस्तानमा आतंकवादविरोधी कारबाहीमा सय बढी विद्रोही मारिए

पाकिस्तानमा आतंकवादविरोधी कारबाहीमा सय बढी विद्रोही मारिए

एजेन्सी । पाकिस्तानमा भएको आतंकवादविरोधी कारबाहीका क्रममा सय भन्दा बढीको मृत्यु भएको छ ।

सशस्त्र गतिविधिमा संलग्नविरुद्धको अभियानमा एक सय भन्दा धेरै मारिएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।

सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलन्दरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा आक्रमण गरी दर्जनौं ८० जनाको हत्या गरेपछि पाकिस्तानी सुरक्षा कर्मीले कारबाही सञ्चालन गरेको हो ।

त्यसपछि पाकिस्तानी सेनाले सिन्ध र पञ्जाब प्रान्तसहित देशभर कारवाही अभियान थालेको पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले बताएका छन् । पाकिस्तानी सेनाले कारबाही जारी राखेको छ ।