बाजी हार्दा टेनिस स्टार गइन् २० वर्षे युवकसँग डेटिङ

बाजी हार्दा टेनिस स्टार गइन् २० वर्षे युवकसँग डेटिङ

काठमाडौं । खेलको बारेमा लगाईका पूर्वानुमान कहिलेकाँही आश्चर्यजनक रुपमा असफल हुन्छन् ।

यसको सबैभन्दा रोमान्चक कुरा नै यही हो । भविष्यबाणी गर्नु धेरै जोखिमपूर्ण पनि हुन्छ ।

आफ्नो टिमले हार्ने लगभग निश्चित भएपनि टिभी बन्द गरिसकेपछि फेरि टिमले खेल जितेका समाचारहरु आउने गर्छन ।

यस्तै भएको छ क्यानडाकी टेनिस स्टार युजिनी बुचार्डलाई । युएस सुपर बाउलको एक प्रतिस्पर्धामा बुचार्डल ट्विटरमा गरेको एक शर्त हारेपछि २० वर्षीय एक छात्रसँग डेटिङ जानुपरेको छ ।

खेलमा अटलान्टा फाल्कन र इंग्ल्याण्डका प्याट्रियसबीच प्रतिस्पर्धा भइरहेको थियो । अटनाल्टा फाल्कनको टिमको दबदबा थियो र टिम २१–० ले अघि थियो ।

तब बुचार्डले ट्विट गर्दै खेलमा फाल्कनको जितलाई कसैले रोक्न नसक्ने भविष्यवाणी गरिन् ।

तर प्याट्रियसका २० वर्षीय प्रशंसक जोन जोहर्केले ट्विटरमा बुचार्डसँग फाल्कन नभई टिम प्याट्रियसको जित भएमा आफूसँग डेटिङ जानुपर्ने शर्त राखे ।

बुचार्डले जोहर्केको यो चुनौतीलाई स्वीकार गरिन् । यही म्याचको पासा पल्टियो र सशक्त पुनरागमन गर्दै खेल जित्यो ।

बुचार्डले शर्त पुरा गर्दै जोहर्केसँग डेटिङ गएको तस्बिर शेयर गरेकी छन् । बुचार्डले हास्दै ट्विट गरेकी छन् ‘आज राति कुनै शर्त छैन ।’