एजेन्सी– भारतको गृह मन्त्रालयको वेबसाइट ह्याक भएको छ ।
वेबसाइट ह्याक भएपछि अधिकारीहरूले अस्थायी रूपमा बन्द गरेका छन् ।
सरकारी वेबसाइटको रेखदेख नेसनल इन्फोर्मेटिक्स सेन्टरले गर्दछ । एनआईसी पनि एक सरकारी एजेन्सी हो ।
यो खबर तयार पार्दासम्म वेबसाइट कसले ह्याक गरेको हो भन्ने खुल्न सकेको छैन ।