प्रचण्ड र बाबुरामबीच राजनीतिक गतिरोध अन्त्यबारे छलफल

प्रचण्ड र बाबुरामबीच राजनीतिक गतिरोध अन्त्यबारे छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय तह र प्रदेशको संरचनाका साथै निर्वाचनबारे छलफल भएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधनसहित चुनावबारे देखिएको गतिरोध चाँडो अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा दाहालले आफूले सबै कुरा टुंग्याउन चाहेपनि केही जटिलताका कारण सम्भव हुन नसकेको बताएका थिए ।