भारती जेलमा परेपछि यस्तो रह्यो चिनियाँ सैनिकको जीवन

भारती जेलमा परेपछि यस्तो रह्यो चिनियाँ सैनिकको जीवन

एजेन्सी । भारतमा फँसेका चिनियाँ सैनिक वांग छी ५४ वर्षपछि चीन पुगेका छन् । उनको जीवनसँग जोडिएका केही महत्वपूर्ण तथ्य यसप्रकार छन् ।

१. वांग छीका अनुसार १९६३ मा उनी भुलवश भारतमा छिर्न पुगेका थिए र पक्राउ परेका थिए । उता, भारतीय अधिकारीहरुका अनुसार भारतमा बिना कागजात घुसेको बताउँदै आएको छ । वांग छीलाई भारतले लगाउँदै आएको जासुसीको आरोप अस्वीकार गर्दै आएका छन् ।

२. वांग छी विभिन्न जेलमा ६ देखि ७ वर्ष राखेर मध्य प्रदेशको तिरोडी गाउँमा छोडिएको थियो ।

३. सन् १९७५ मा उनले दबाबले सुशीला नामकी भारतीय युवतीसँग विवाह गरेका थिए ।

४. परिवारसँगको दुरीका कारण उनी घन्टौं सम्म परिवारको यादमा रुने गर्दथे ।

५. ८० को दशकमा पहिलो पटक पत्रको माध्यमबाट चीनमा परिवारसँग उनको सम्पर्क भएको थियो ।

६. ४० वर्षमा पहिलो पटक २००२ मा फोनमा उनकी आमासँग कुराकानी भएको थियो । २००६ मा उनकी आमाको मृत्यु भयो ।

७. उनका एक छोरा र दुई छोरी छन् ।

८. वांगका अनुसार उनले सहयोगका लागि पत्र लेखेपनि कसैले सहयोग गर्नन्, तर गत साता बीबीसीमा उनको कथा आएपछि चिनियाँ दूतावासका अधिकारी उनलाई भेट्न गाउँ गई भेट गरेर सहयोगको वचन दिएका थिए ।